दाङ । सरकारी छाप र दस्तखत किर्ते गरी चोरीका मोटरसाइकल बिक्री वितरण गर्दै आएको आरोपमा प्रहरीले तुलसीपुरबाट तीन जनालाई पक्राउ गरेको जनाएको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार बैशाख १ गते तुलसीपुर उपमहानगरपालिका–५ स्थित माछापुच्छ्रे टोलमा रहेको थारमारे भण्डारी होटलमा शंकास्पद गतिविधि भइरहेको सूचनाका आधारमा प्रहरी निरीक्षकको कमाण्डमा टोली खटाइएको थियो।
उक्त स्थानबाट सल्यानको बागचौर नगरपालिका–२ का २० वर्षीय दीपक भण्डारी, १९ वर्षीय सरोज घर्ती मगर र १९ वर्षीय राजन बिष्टलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूको साथबाट विभिन्न सवारी दर्ता किताब तथा नक्कली छाप बरामद गरिएको छ। बरामद सामग्रीमा बा.प्र.०२–०४६ प ३३३२ नम्बरको मोटरसाइकलको सवारी दर्ता किताब, यातायात व्यवस्था सेवा कार्यालय वीरेन्द्रनगर, सुर्खेतको डिजिटल छाप, रा २ प ३११५ नम्बरको सवारी दर्ता किताब तथा बाग्मती प्रदेश ०२–०४५ प १७३० नम्बरको यामाहा भी–३ मोटरसाइकल समावेश रहेका छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि