काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका नेता तथा कार्यकर्तालाई एकतावद्ध भएर अघि बढ्न आग्रह गर्नुभएको छ। बिहीबार काठमाडौँमा आयोजित ‘भूमिगत महिला’ पुस्तकसम्बन्धी कार्यक्रममा बोल्दै उहाँले वर्तमान राष्ट्रिय परिस्थिति जटिल बन्दै गएको भन्दै एमाले पंक्तिलाई एकतामा जोड दिनुपर्ने बताउनुभयो।
उहाँले मुलुकको राष्ट्रिय एकता, सार्वभौमिता, स्वतन्त्रता र लोकतन्त्रसमेत चुनौतीमा परेको उल्लेख गर्दै त्यस्ता मूल्यहरू जोगाउन सबै एमाले नेता–कार्यकर्ता सक्रिय हुनुपर्ने धारणा राख्नुभयो। नयाँ र अनुभवहीन राजनीतिक शक्तिहरूको उदयले देशको भविष्यबारे विभिन्न प्रश्नहरू उठेको उहाँको भनाइ थियो।
पूर्वराष्ट्रपति भण्डारीका अनुसार मौलिक हक, स्वतन्त्रता र लोकतान्त्रिक प्रणालीको भविष्यबारे अन्योल देखिएको अवस्थामा देश र जनताको पक्षमा गम्भीरतापूर्वक काम गर्ने जिम्मेवारी बढेको छ। उहाँले यस्तो परिस्थितिमा एमालेको सक्रियता देश र आन्दोलन दुवैले मागिरहेको बताउनुभयो।
भण्डारीले हालै सम्पन्न निर्वाचनले पुराना राजनीतिक दलहरूलाई थप सचेत र जिम्मेवार बन्ने सन्देश दिएको उल्लेख गर्दै अब सावधानीपूर्वक आफ्ना गतिविधि अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि