काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सार्वजनिक लेखा समिति सभापति पदका लागि उम्मेदवार टुंगो लगाएको जनाएको छ।
पार्टीले डोटीबाट निर्वाचित सांसद भरत खड्कालाई उक्त पदका लागि उम्मेदवार बनाउने निर्णय गरेको हो।
कांग्रेसका अनुसार प्रतिपक्षमा रहेका अन्य दलहरूले पनि खड्कालाई समर्थन गर्ने सहमति गरेका छन्।
यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समेत सार्वजनिक लेखा समिति प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय यसअघि नै गरिसकेको जनाएको छ।
समिति सभापतिका लागि बिहीबार मनोनयन दर्ता हुने र शुक्रबार निर्वाचन प्रक्रिया अघि बढाइने कार्यतालिका तय गरिएको छ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि