पाल्पा । जिल्लाको बगनासकाली गाउँपालिका –७ दैलातुङस्थित कालीगण्डकी नदीमा मंगलबारदेखि बेपत्ता भएका दुई युवक मृत अवस्थामा फेला परेका छन् । बगनासकाली गाउँपालिका –९ चापपानी झिरभञ्ज्याङका २९ वर्षीय तोयनाथ बस्याल र चापपानी भुसालगाउँका ३९ वर्षीय शरण भुसाल मृत अवस्थामा भेटिएका हुन् ।
बस्यालको बुधबार र भुसालको आज विहान शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीले जानकारी दिनुभयो । उनीहरु मंगलबार नयाँ वर्षका दिन साथीभाईसँग कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका थिए । बेपत्ता उनीहरुको स्थानीय बासिन्दा, सुरक्षाकर्मी र बुधबार नेपालगञ्जबाट आएको सशस्त्र प्रहरीको गोताखोर टोलीले बेपत्ताहरुको निरन्तरको खोजीपछि शव फेला परेको चौधरीले बताउनुभयो । उहाँका अनुसार उनीहरुको नदिको बिचमा तैरीरहेको अवस्थामा शव भेटिएको हो ।
बस्याल चन्द्र मावि चापपनीमा इञ्जियिनरतर्फका शिक्षक हुन् भने भुसाल विदेशबाट छुट्टीमा फर्केका थिए । दुबै जना एउटै टोलका भएकाले चापपानी, झिरभञ्ज्याङमा शोक छाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि