काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाअन्तर्गतका संसदीय समितिहरूको सभापतिमा आफ्ना तर्फबाट उम्मेदवार चयन गर्ने निर्णय गरेको जनाएको छ।
आज बसेको संसदीय दलको बैठकले कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा समीक्षा बास्कोटा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोक चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल तथा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा डा. ओजस्वी शेरचनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
यसैगरी, संसदीय सुनुवाइ समितिको सभापतिमा वोधनारायण श्रेष्ठ, राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिमा गणेश कार्की, अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सुम्नीमा उदास, अर्थ समितिमा कृष्णहरि बुढाथोकी तथा उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा रहवर अन्सारीलाई उम्मेदवार बनाइएको छ।
रास्वपाले सार्वजनिक लेखा समितिको सभापति भने प्रमुख प्रतिपक्षी दललाई सहयोग गर्ने निर्णय गरेको जनाएको छ।
त्यस्तै, बैठकले संसदीय दलको उपनेतामा गणेश पराजुली, प्रमुख सचेतकमा कविन्द्र बुर्लाकोटी तथा सचेतकहरूमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गरेको पार्टी कार्यालयले जानकारी दिएको छ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि