काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणबारे उठेका प्रश्नको जवाफ दिँदै दाजुभाइबीच अंशवण्डा नभएको कारण सम्पत्ति बढी देखिएको बताउनुभएको छ।
सिंहदरबारमा बिहीबार पत्रकारहरूले उहाँसँग ८९ तोला सुन र ६ किलो चाँदीको विवरणबारे जिज्ञासा राखेपछि उहाँले “हामी दाजुभाइबीच अंशवण्डा नै भएको छैन” भन्दै स्पष्ट पार्नुभएको हो।
हालै सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार गृहमन्त्री गुरुङसँग ८९ तोला सुन, ६ किलो चाँदीका साथै ६१ लाख रुपैयाँभन्दा बढी नगद मौज्दात रहेको उल्लेख गरिएको छ। उहाँका अनुसार लक्ष्मी सनराइज बैंकमा ५ लाख ३५ हजार ४ सय रुपैयाँ, नबिल बैंकमा ५६ लाख २५ हजार ९७६ रुपैयाँ तथा सानिमा बैंक लिमिटेडमा १ हजार ५७४ रुपैयाँ जम्मा रहेको छ।
त्यसैगरी, उहाँसँग एक थान सवारी साधन पनि रहेको छ। लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिको नाममा दर्ता भएको एमजी–एसफाइभ कार रहेको र यसको मूल्य ४७ लाख ९९ हजार रुपैयाँ रहेको उल्लेख गरिएको छ। उक्त सवारी साधनको स्रोत व्यवसायबाट आर्जित आम्दानी रहेको उहाँले जनाउनुभएको छ।
गृहमन्त्री गुरुङको विभिन्न कम्पनीहरूमा ४ करोड ३१ लाख रुपैयाँभन्दा बढीको शेयर लगानी रहेको पनि विवरणमा उल्लेख छ। उहाँसँग होप होल्डिङ्स प्रालि, लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालि, धितोपत्र बजारमा कारोबार हुने शेयर तथा एडभेन्चर भिल्ला प्रालिमा लगानी रहेको जनाइएको छ।
उहाँले आफ्नो सम्पत्तिको स्रोत व्यवसाय, पैतृक सम्पत्ति तथा लगानी रहेको स्पष्ट पार्नुभएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि