काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोधिएको विषयप्रति आपत्ति जनाउनुभएको छ। उहाँले उक्त कदमले पार्टीभित्रको बृहत् एकतामा बाधा पुग्ने देखिएको बताउनुभएको छ।
बिहीबार जारी विज्ञप्तिमा डा। कोइरालाले पार्टीको आधिकारिकता सम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा यस्ता आन्तरिक गतिविधिले पार्टीलाई थप संकटतर्फ धकेल्ने अवस्था सिर्जना हुने उल्लेख गर्नुभएको छ। उहाँले खड्कालाई सोधिएको स्पष्टीकरणले एकता कमजोर बनाउने चेतावनी दिनुभएको छ।
उहाँले वर्तमान परिस्थितिमा पार्टीभित्र बृहत् एकता कायम गर्नु अत्यन्त आवश्यक रहेको बताउँदै त्यसका लागि आफू निरन्तर प्रयासरत रहेको जानकारी दिनुभएको छ।
अर्को प्रसंगमा उहाँले १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यताको नवीकरण भइसकेको अवस्थामा पुनः अद्यावधिक गर्नुको औचित्य नरहेको धारणा राख्नुभएको छ। उहाँका अनुसार अद्यावधिकका नाममा हुने फेरबदलले आन्तरिक लोकतन्त्र, निष्पक्षता र पारदर्शितामा असर पार्ने देखिएको छ।
डा कोइरालाले पछिल्लो समय पार्टी रूपान्तरणको आवश्यकता रहे पनि त्यसका नाममा भएका गतिविधिले कांग्रेसलाई जटिल अवस्थामा पुर्याएकोतर्फ पनि ध्यानाकर्षण गराउनुभएको छ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि