काठमाडौँ । अध्यागमन विभागले कानुनभन्दा बाहिर गई सर्त तोकेर प्रस्थान अनुमति दिने कर्मचारीमाथि कारबाही गर्ने जनाएको छ।
विभागका प्रवक्ता निर्देशक टिकाराम ढकालका अनुसार प्रचलित कानुन र विभागीय निर्णयविपरीत गैरकानुनी अभ्यास गर्ने कर्मचारीविरुद्ध आन्तरिक छानबिन प्रक्रिया अघि बढाइएको छ। संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थानका क्रममा केही नेपालीको राहदानीमा ‘Employment is strictly prohibited Visit till’ भन्ने उल्लेख गरिएको विषय सार्वजनिक भएपछि विभागको ध्यानाकर्षण भएको र छानबिन सुरु गरिएको उहाँले बताउनुभयो।
विभागले विज्ञप्ति जारी गर्दै नेपालीहरूको वैदेशिक यात्रा रहर मात्र नभई धेरैका लागि बाध्यता भएको उल्लेख गर्दै त्यसको दुरुपयोग रोक्न अध्यागमन प्रशासन सक्रिय रहेको जनाएको छ।
ADVERTISEMENT
त्यस्तै, भिजिट भिसासम्बन्धी प्रक्रिया सरलीकरण गर्दै कम्तीमा ६ महिना वैध राहदानी, गन्तव्य मुलुकको हवाई टिकट, सम्बन्धित देशको भिसा र स्वघोषणाका आधारमा प्रस्थान गर्न सकिने व्यवस्था गरिएको विभागले स्पष्ट पारेको छ।
विभागले यात्रुहरूको आगमन र प्रस्थानलाई झन्झटरहित बनाउन नीतिगत सुधारसँगै प्रणाली आधुनिकीकरण गर्दै राष्ट्रिय सुरक्षा सुदृढीकरणमा ध्यान दिइरहेको पनि जनाएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि