काठमाडाैं । संसदीय दलको नेता चयन गर्न ढिलाई भएको भन्दै नेपाली काँग्रेसका सांसदहरुले असन्तुष्टि जनाएका छन् ।
शुक्रवार सिंहदरबारमा बसेको सांसदहरुको बैठकमा बोल्दै उनीहरुले असन्तुष्टि जनाएका हुन् । सांसद अर्जुननरसिंह केसीकाअनुसार बैठकमा ३८ सांसदमध्ये २६ जना सांसदहरुले संसदीय दलको नेता चयन प्रक्रिया छिटो टुंग्याउनुपर्ने धारणा राखेका छन् ।
उहाँले दलभित्र सहमतिका आधारमा दलको नेता चयन हुनुपर्नेमा जोड दिनुभयो । सबै सांसदले नेतृत्वमा दाबी गर्नसक्ने भएपनि सहमतिको बाटो रोज्दै निष्कर्षमा पुग्नुपर्ने उहाँको मत छ । उहाँले संसदीय दलको नेता चयन प्रक्रिया चाँडो टुंग्याउने विषयमा छलफल केन्द्रित रहेको बताउँदै सम्भतः आगामी हप्ताभित्र नेता चयन भइसक्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘३८ जना माननीयमध्ये २४,२५ जनाले बोल्नुभयो । सबैजनाले संसदीय दलको नेता चयनमा ढिलो भएको भन्ने गुनासो राख्नुभयो । र यसमा सहमतिपूर्ण ढंगले निष्कर्ष निकालौँ भन्ने सबैको मत थियो । नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी हो । त्यसकारण सबै सांसदको दलको नेता हुने दाबी पुग्छ । त्यसका सबै साथिहरुको दाबीलाई सँगसँगै राखेर सहमति गरौँ भन्ने दाबी भएको छ । संसदीय दलको नेता चयन प्रक्रियालाई चाँडो टुंग्याउने भन्ने विषयमा नै आजको छलफल केन्द्रित रह्यो । अब भोलि शनिवार नै भयो । अर्को हप्ताभित्रमा हामी यसलाई टुंग्याउँछौँ ।’
सहमतिमार्फत दलको नेतामा सहमति नजुटे निर्वाचन प्रक्रियामार्फत अघि बढ्ने उहाँको भनाइ छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि