विषय प्रवेश :
‘दहाड’ शब्द आफैंमा आक्रोश, पीडा र विद्रोहको गर्जन हो । यसमा अत्यन्तै आक्रोशपूर्ण अभिव्यक्तिहरू छन् जहाँ रोधन छ, आँखामा आँसु छ, एउटा चिच्याहट छ । त्यही चिच्याहट नै दहाड हो । पञ्चायतकालीन समाज विभिन्न तहमा विभाजित थियो । जातीय दृष्टिले ब्राह्मण, क्षेत्री, वैश्य र शूद्र वर्गीय रूपमा हुने र नहुने, धनी र गरिब, शिक्षित र अशिक्षित, शक्तिशाली र कमजोर वर्गहरू स्पष्ट रूपमा देखिन्थे । ‘दहाड’ कथा संग्रहका कथाहरूमा यी विभाजनहरूको स्पष्ट चित्रण पाइन्छ ।
मूलतः ब्राह्मण र क्षेत्री ‘हुने वर्ग’का रूपमा स्थापित थिए भने दलित, महिला, मधेसी र मुस्लिम समुदाय ‘नहुने वर्ग’मा परेका थिए । विशेषतः तराईका बासिन्दाहरू अत्यन्तै गरिबी, सामाजिक कमजोरी र दयनीय अवस्थामा बाँचिरहेका थिए । यी दुई समूहले त्यो समयमा कसरी जीवनयापन गरे भन्ने कुरा कथाहरूको केन्द्रमा छ ।
‘दहाड’ केवल कथासंग्रहमात्र होइन, एउटा समय, समाज र दबाइएका आवाजहरूको दस्तावेज हो । यसले पीडा, आक्रोश र मौन विद्रोहलाई शब्द दिएको छ-जहाँ पात्रहरू चिच्याउन सक्दैनन्, तर उनीहरूको मौन नै दहाड बनेर गुञ्जिन्छ ।
अझ गहिराइमा हेर्दा, अत्यन्तै सीमान्तकृत समुदायहरू पनि थिए । तीमध्ये एक हो नेपालगञ्जको किंगरियन समुदाय मुस्लिमभित्रकै दलित समुदाय । उनीहरूको पहिचान ‘किंगरी’ बाजासँग जोडिएको छ, जसलाई उनीहरू ‘चिकारा’ पनि भन्छन् । काठ र जनावरको छालाबाट बनाइने यो बाजा सारंगीजस्तै हुन्छ । किंगरियनहरू बिहानदेखि बेलुकासम्म गाउँ-गाउँ डुलेर किंगरी बजाउँदै अन्न, पैसा र खानेकुरा संकलन गरेर जीविका चलाउँथे । अहिले यो परम्परा लोप हुँदै गएको छ ।
यी समुदायहरू तत्कालीन समाजका अत्यन्त कमजोर पात्र हुन्, जसलाई शक्तिशाली वर्गले कसरी प्रयोग गर्थ्यो भन्ने विषय ‘दहाड’को शीर्ष कथामा केन्द्रित छ । यही कथाबाट संग्रहको नाम पनि राखिएको हो ।
दहाड : लेखनको पृष्ठभूमि
कवि, लेखक तथा पत्रकार नवीन नेपाली ‘नवीन अभिलाषी’ दाङमा जन्मिए र प्युठानमा हुर्किए । हाल नेपाल टेलिभिजन कोहलपुरमा कार्यरत उनी केही वर्षयता कोहलपुरमै सक्रिय छन् ।
डकुमेन्ट्री निर्माणका क्रममा उनी लुम्बिनी प्रदेशको तराई क्षेत्रमा पुगे । त्यहाँको जीवनशैली, गरिबी र अभावले उनलाई गहिरो प्रभाव पार्यो । प्रायः गरिबीको प्रतीकका रूपमा कर्णालीलाई लिइने गरिए पनि उनले मधेसमा अझ भयावह गरिबी देखे । सुन्दर मस्जिद र मन्दिरबीच झुपडीमा बस्ने मानिसहरू, बाहिरी मानिससँग संवाद गर्न नसक्ने महिलाहरू यी दृश्यहरूले उनलाई गहिरो रूपमा छोयो । यही अनुभूतिबाट ‘दहाड’ जन्मियो ।
राज्यविहीनता र नागरिकताको प्रश्न
अभिलाषीले कथाहरूमा राज्यविहीनताको अनुभूति चित्रण गरेका छन् । ती समुदायका लागि राज्यको उपस्थितिभन्दा गाउँका पञ्चहरू नै ‘राज्य’ थिए, जसले उनीहरूलाई संरक्षणभन्दा बढी शोषण गरे । ‘एक्का’ कथामा इन्दल नामक पात्रमार्फत यस्तो यथार्थ प्रस्तुत गरिएको छ । प्रधानपञ्चको अंगरक्षक बनेका इन्दल पछि जागिरबाट निकालिन्छन् र जीविकोपार्जनका लागि एक्का किन्ने सपना देख्छन् । तर, आर्थिक अभावका कारण त्यो सपना पूरा हुँदैन । अन्ततः राजनीतिक प्रयोगका क्रममा उनी मारिन्छन् र उनको शवलाई घाटसम्म लैजानसमेत बाटो पाइँदैन ।
विभेदको निरन्तरता
पञ्चायतकालमा मात्र होइन, अहिले पनि विभेदको मूल चरित्र कायम रहेको अभिलाषीको धारणा छ । बाहिरी स्वरूपमा परिवर्तन भए पनि जात, वर्ग, लिंग, क्षेत्रीय आधारमा असमानता अझै विद्यमान छ । पहिले धारा र मन्दिरमा प्रवेश निषेध थियो अहिले त्यो हटेको छ । तर, विवाह प्रतिनिधित्व, अवसर र राज्यसत्तामा पहुँचका सवालमा विभेद अझै कायम छ ।
गन्धर्व र अन्य सीमान्तकृत समुदाय
‘दहाड’मा गन्धर्व समुदायको पीडा पनि समेटिएको छ । ‘ताना’ कथामा अन्तरजातीय विवाहपछि भोग्नुपरेको दुःख, संघर्ष, अन्ततः विफल सपनाको मार्मिक चित्रण गरिएको छ । त्यस्तै, ‘आफैँ’ कथामा एक प्रतिभाशाली कामी युवकको कथा छ, जसको सिर्जनशीलता दमन गरिन्छ र अन्ततः समाजबाट बहिष्कृत हुनुपर्छ ।
नलेखिएका कथाहरूको खोजी
नेपाली भाषाको विकासक्रमका मुख्यगरी तीन चरण देखिन्छन् । प्राचीन, मध्यकालीन र आधुनिक नेपाली भाषा । एघारौं शताब्दीदेखि (१०३८) प्रारम्भ भएर विक्रमको सोह्रौं शताब्दीको मध्ये झण्डै १५५५ सम्मको नेपाली भाषालाई प्राचीन भाषा भनिन्छ । १६औं शताब्दीको (१५५५) को मध्येदेखि २०औं शताब्दीको (१९५८)को मध्यसम्मको अवधि नेपाली भाषाको मध्यकाल हो । यसैगरी, नेपाली भाषाको आधुनिककाल विसं १९५८ सालमा गोरखापत्रको प्रकाशनसँगै प्रारम्भ भएको हो ।
यसैगरी, नेपाली कथाको सुरुवात दन्त्यकथा, पुराण, धार्मिक, आख्यान, उखान, टुक्का र गाउँघरका किस्साहरूबाट भएको मानिन्छ । पछि नैतिक, सामाजिक, आदर्श र सुधारवादी सोचबाट अघि बढ्दै सामाजिक यर्थाथवाद, मनोवैज्ञानिक, अस्तित्ववादी, प्रगतिवादी तथा परिवर्तनमुखी हुँदै समकालीन अवस्थासम्म आइपुग्दा बहुआयमिक विधाको मानक नेपाली कथाले बनाएको छ । नेपाली कथा लेखनको वर्तमान प्रवृत्तिबारे अभिलाषी आफ्नो संयोग सुनाउँछन् । उनी पत्रकारिताको शिलशिलामा कोहलपुर आएपछि २०७९ मा बाह्रखरी कथा लेखन प्रतियोगितामा प्रथम भए । त्यसपछि उनलाई कथाको बारेमा सोध्न थालियो । अन्तर्वार्ताको क्रममा नेपाली कथा लेखनको अवस्थाबारे प्रश्नहरू सोधिन थालेपछि सरसरी आफूले पढेका र जानेका आधारमा उत्तर त दिए ? तर, उनलाई भित्रभित्रै लाग्न थाल्यो-मैले त कथाका बारेमा धेरै कुरा जान्न र पढ्न अझै बाँकी छै रहेछ । नेपालमा कथा लेखन कसरी सुरु भयो ? पहिला कस्ता कथा लेखिएका थिए ? अहिले कथा लेखिँदैछन् ? भन्ने बुझ्न थालेपछि उनले गम खाए-लेख्न त धेरै कथा लेखिएका रहेछन् । उनी भन्छन्, ‘ती कथाहरू कहाँबाट लेखिए भन्ने कुरा मुख्य हुँदो रहेछ । उनलाई कथामा जे कुरा आउनुपर्ने थियो त्यो आएकै रहेन रहेछ भन्ने लाग्यो । नेपाली कथामा मधेस, महिला, दलित, वादी, गन्धर्वका कथा त लेखियो तर, त्यो कुरा कसले भन्ने कुरा प्रमुख हुँदो रहेछ ।
अभिलाषीले कथाहरूमा राज्यविहीनताको अनुभूति चित्रण गरेका छन् । ती समुदायका लागि राज्यको उपस्थितिभन्दा गाउँका पञ्चहरू नै ‘राज्य’ थिए, जसले उनीहरूलाई संरक्षणभन्दा बढी शोषण गरे । ‘एक्का’ कथामा इन्दल नामक पात्रमार्फत यस्तो यथार्थ प्रस्तुत गरिएको छ ।
भारतका साहित्यकार ओमप्रकाश वाल्मिकीले भनेका छन्, ‘लेख्न त जसले पनि लेख्छ । त्योमात्रै लेखनको स्वाद हुन्छ । अनिमात्रै प्रमाणित अभिव्यक्ति हुन्छ ।’ उनी बडो विश्वासका साथ दाबी गर्छन्, ‘म एउटा सार्की हुँ । एउटा सार्कीको दलन र उत्पीडनको कथा सार्कीले भन्यो र लेख्यो भन्ने प्रमाणित अभिव्यक्ति हुन्छ । महिलाको कथा महिला, वादीको कथा वादी र गन्धर्वको कथा गन्धर्वले भन्नुपर्छ । त्यो प्रमाणित अभिव्यक्तिले घन बजारेझैँ दिमागमा बजारेपछि कम्तीमा गन्धर्व समुदायले भोगेको पीडा प्रमाणित रूपमा भन्न सक्दिन होला ? तर, निकै नजिकसम्म पुगेर लेख्न सक्छु भनेर अघि बढेको हुँ ।
उनले आफ्नो कथामा विसं २०२१ देखि २०२९ सम्मको समयावधिमा झण्डै ६० प्रतिशत थारूहरू किन ?, कसरी ? र के कारणले ? विस्तापित भए भन्ने बारेमा उनले खोतल्ने प्रयास गरेका छन् । थारू समुदाय त्यतिबेलाको जमिनदार, मालिक र प्रधानपञ्च र भूमिपतिहरूको चरम सिकार भयो । राणाकालीन समयसम्म आइपुग्दा थारू समुदायले दाङमा जंगल फाँडेर खेत बनाए । बस्ती बसाले । तर जब सल्यान, रूकुम र रोल्पाबाट बसाइँसरी आएर काठमाडौं पुगेर थारूहरूको जग्गा नाममा बनाएर लालपूर्जासहित लालमोहर लिएर आएपछि उनीहरू बुह्रान आउने भए । ‘सिंहुर’ नामक कथामा थारूमाथि भएको अत्याचारको कथा छ । त्यतिबेलाको समयमा जमिनदारबाट यौन उत्पीडनमा परेकी महिलामार्फत नेपाली लोकगीतको संवादशैलीमा कथा भनेर उनले नयाँ प्रयोगसमेत गर्ने प्रयास गरेका छन् । संग्रहमा ‘ऋतु’ शीर्षकको एउटा कथा छ । त्यो महिलामाथि हुने उत्पीडनको कथा हो । गाउँको कटवाल पुरुषपात्र छन् । उनको श्रीमती छैनन् । उनको छोरी छन् । तीनका नौ वर्षीय बालक छन् । गाउँले बाउलाई, बाउले छोरीलाई, छोरीले बच्चा र बच्चाले गोरुलाई टोकल्छ । कथाको अन्तिमसम्म पाठकका आँशु झर्छन् । मौलामा बाँधिएको राँगो, एकात्म र ईश्वरको अस्तिपञ्जरमा भन्न नसकेका र समाजको कुरा कथामार्फत भूमिका बाँधेर, पात्रहरूलाई सिंगारेर अझ बृहत रूपमा उनी पोखिएका छन्, दहाडमा ।
निष्कर्ष
‘दहाड’ केवल कथासंग्रहमात्र होइन, एउटा समय, समाज र दबाइएका आवाजहरूको दस्तावेज हो । यसले पीडा, आक्रोश र मौन विद्रोहलाई शब्द दिएको छ–जहाँ पात्रहरू चिच्याउन सक्दैनन्, तर उनीहरूको मौन नै दहाड बनेर गुञ्जिन्छ ।







ढोरपाटनमा पर्यटकको ओइरो : एक
दलित समुदायका थर सूचीकरण गर्नुअघि
एमाले महासचिव पोखरेलको प्रधानमन्त्री बालेनलाई
अग्रगामी मोर्चा सत्ता प्राप्तिका लागि
ग्यासको कालोबजारी आरोपमा दुवाकोटका व्यापारी
२६ वर्षपछि हेटौँडा कपडा उद्योगमा