काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै नेपालस्थित टाटा मोटर्सका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले विशेष एक्सचेन्ज योजना ल्याएको छ । स्विच टु टियागो इभी नाम दिइएको योजनाअन्तर्गत ग्राहकले आफ्नो पुरानो बाइक वा स्कुटर साटेर नयाँ टाटा टियागो इभी घर लैजान सक्नेछन् ।
विशेष क्याम्पेन अप्रिल २० गतेसम्म देशभर सञ्चालन हुने कम्पनीले जनाएको छ । अभियानअन्तर्गत जुनसुकै ब्राण्डका बाइक वा स्कुटर प्रयोगकर्ताले आफ्नो सवारीको एक्सचेन्ज गरी आकर्षक सुविधासहित टियागो इभी खरिद गर्न सक्ने बताइएको छ । अफरमा ग्राहकले केवल चार लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्टमा टियागो इभी आफ्नो बनाउन सक्नेछन् ।
योजनाअन्तर्गत पुराना दुर्ईपांग्रे सवारीको उत्कृष्ट मूल्यांकन, आकर्षक नगद छुट, निःशुल्क एक्सेसरिज र एक वर्षको सवारीकर छुटजस्ता विशेष सुविधा उपलब्ध हुनुका साथै ग्राहकहरूले सिप्रदी नेटवर्कमार्फत् आजीवन निःशुल्क डिसी फास्ट चार्जिङ, निःशुल्क होम चार्जिङ इन्स्टलेसन सुविधासमेत प्राप्त गर्ने बताइएको छ । साथै एकजना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत् आइफोन- १७ प्रो म्यास जित्न सक्ने मौका पनि रहेको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि