काठमाडौं । चिनियाँ अटो निर्माता डोङफेङ मोटर्स कर्पोरेसनअन्तर्गतको प्रिमियम ब्राण्ड भोएथले आफ्नो नयाँ फ्ल्यागसिप-तहको एसयुभी ताइसान एक्स सार्वजनिक गरेको छ । पाँच सिट क्षमतासहितको उक्त ठूलो एसयुभी इभी र प्लग-इन हाइब्रिड दुवै पावरट्रेनमा उपलब्ध हुने कम्पनीले जनाएको छ । उक्त संस्करणले अधिकतम तीन सय १० किलोमिटरसम्मको शुद्ध इलेक्ट्रिक रेन्ज प्रदान गर्ने दाबी गरिएको छ ।
कम्पनीका अनुसार ताइसान एक्सलाई विशेष बनाउने प्रमुख पक्ष भनेको गाडीमा प्रयोग गरिएको हुवावेको नवीनतम हार्मोनी ओएस आधारित स्मार्ट ककपिट हो । उक्त प्रणाली प्रयोग गर्ने यो पहिलो सवारीसाधन भएको बताइएको छ । भोएथको एसयुभी लाइनअपमा ताइसान एक्स चौथो मोडल हो भने ताइसान सिरिजअन्तर्गत यो दोस्रो मोडल हो ।
जसको डिजाइन भाषा पहिले सार्वजनिक गरिएको ताइसान मोडलसँग मिल्दोजुल्दो भए पनि एक्समा ठूलो क्रोम ग्रिल तथा सजावटी तत्व न्यून गरिएको छ, जसले यसलाई अझ सन्तुलित र आधुनिक लुक प्रदान गरेको कम्पनीको दाबी छ । आकारका हिसाबले गाडीको लम्बाइ ५२ सय मिमी, चौडाइ २० सय २५ मिमी, उचाइ १८ सय १४ मिमी र ह्विलबेस ३० सय ९० मिमी रहेको छ ।
प्रविधिको दृष्टिले ताइसान एक्समा ८०० भी आर्किटेक्चर र ५ सि फास्ट-चार्जिङ सपोर्ट समावेश गरिएको छ भने पिएइभी संस्करणमा ६५ क्षमताको ब्याट्री प्रयोग हुनेछ । इभी संस्करणमा भने अधिकतम १२० ब्याट्री रहने बताइएको छ । कम्पनीका अनुसार ताइसान एक्सको अर्डर बुकिङ सन् २०२६ को मध्यतिर खुल्ने भएको र मूल्यबारे आधिकारिक जानकारी सार्वजनिक नभए पनि हालको ताइसान मोडलको मूल्य दायराभन्दा तल रहने अनुमान गरिएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि