धनुषा । धनुषाको कमला नगरपालिका–७, सिङ्ग्याहीमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङका अनुसार स१त ५१२९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा कमला नगरपालिका–६ घर भएका चालक आकाश यादवको मृत्यु भएको हो । खेतबाट माटो ओसार्ने क्रममा ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो ।
घटनास्थलको आवश्यक मुचुल्का गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक नेम्वाङले बताउनुभयो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि