गुल्मी। लुम्बिनी प्रदेशसभा बैठकले ‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धी विधेयक’ दफावार छलफलका लागि अर्थ, उद्योग तथा पर्यटन समितिमा पठाएको छ ।
सातौँ अधिवेशनअन्तर्गत आज बसेको १२औँ बैठकले उक्त विधेयक समितिमा पठाउने निर्णय गरेको हो ।
बैठकमा उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्ड विक्रम न्यौपानेको तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
यसैगरी, प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढाले समितिको वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गर्नुभयो ।
प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १३औँ बैठक सोमबार दिउँसो १ बजे बस्ने जानकारी गराइएको छ ।
आजको बैठकमा प्रदेशसभा सदस्यहरूले संघीय सरकारले विद्यार्थी संगठन खारेज गर्ने तयारीप्रति खबरदारीसमेत गरेका छन् ।
प्रदेशसभा सदस्य रत्नबहादुर खत्रीले बैठकलाई सम्बोधन गर्दै नेपालको शैक्षिक समस्याको मूल जड विद्यार्थी संगठन नभई शिक्षा प्रणाली नै रहेको जिकिर गर्नुभयो ।
त्यस्तै, प्रदेशसभा सदस्यहरू बसिउद्दिन खाँ, मीनाकुमारी श्रेष्ठ, तुलसीराम शर्मा, चन्द्रकेश गुप्ता, भण्डारीलाल अहिर, भगवती अधिकारी, बादशाह कुर्मी र चिन्तामणि पाण्डेले कृषि क्षेत्रमा अपेक्षित उपलब्धि हासिल हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।







रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८
उदितनारायणको परिवारद्वारा विपद् कोषमा पाँच
अस्पतालको गेटमै प्रसूति गराउने बवितालाई
सेमन्तको मुक्तक संग्रह‘अँधेरीमा जून’ प्रकाशन
‘देहूडु : अलौकिक ऊर्जा’ प्रकाशित
म्यानचेस्टर डर्बीमा सिटीको विवादास्पद जित