काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ताको क्षमता अभिवृद्धि तथा प्रोत्साहन गर्ने उद्देश्यले ‘प्रयत्न निरन्तर सम्मान र सबलीकरणको अवसर’ विषयक एकदिने विशेष कार्यक्रम आयोजना गरेको छ । बागमती प्रदेशअन्तर्गत काठमाडौं उपत्यकाका विभिन्न शाखाका अभिकर्तालाई एकै छानामुनि ल्याई सीप विकास, उत्प्रेरणा तथा नेटवर्किङको अवसर प्रदान गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार कार्यक्रममा अन्तर्राष्ट्रिय मोटिभेसनल स्पिकर विजयकुमार झाको प्रशिक्षण सत्र मुख्य आकर्षणका रूपमा रहेको थियो । उहाँले बिक्री सीप, लक्ष्य निर्धारण, आत्मविश्वास विकास तथा बदलिँदो बीमा बजारमा सफल हुने रणनीतिबारे प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, प्रमुख बजार अधिकृत गणेश चौलागाई, बागमती प्रदेश प्रमुख लोकमाया अधिकारीलगायत क्षेत्रीय तथा शाखा व्यवस्थापन टोली इन्स्योरेन्स एडभाइजर, एजेन्सी डेभलपमेन्ट म्यानेजर तथा एमडिआरटी एचिभेर्सको उपस्थिति रहेको कार्यक्रममा निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयालले अभिकर्तालाई कम्पनीको मेरुदण्डका रूपमा उल्लेख गर्दै उनीहरूको सशक्तिकरण नै दीर्घकालीन सफलताको आधार भएको बताउनुभएको थियो ।
प्रमुख बजार अधिकृत गणेश चौलागाईले अभिकर्तालाई निरन्तर सिकाइ, अनुशासन र ग्राहकप्रति जिम्मेवार दृष्टिकोणसहित अघि बढ्न आग्रह गर्दै कार्यक्रमले बजार प्रतिस्पर्धामा अग्रता दिलाउने बताउनुभएको थियो । कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान गरिएको थियो ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि