काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज विश्वविद्यालय तथा विभिन्न प्रतिष्ठानका उपकुलपतिहरूसँग महत्वपूर्ण छलफल गर्नुहुने भएको छ । उक्त छलफल दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना गरिनेछ ।
प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात प्रतिष्ठानका उपकुलपतिहरूलाई छलफलका लागि बोलाइएको उहाँको सचिवालयले जानकारी गराएको छ ।
उक्त बैठकमा विश्वविद्यालय तथा प्रतिष्ठानहरूमा देखिएका समसामयिक समस्या र समाधानका उपायबारे विस्तृत रूपमा विमर्श गरिने बताइएको छ । साथै तत्काल समाधान गर्न सकिने विषयहरूमा पनि उहाँले आवश्यक निर्देशन दिने अपेक्षा गरिएको छ ।
छलफलमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपतिहरू सहभागी हुनुहुनेछ ।
त्यसैगरी कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपतिहरूसँग पनि उहाँले संवाद गर्नुहुने कार्यक्रम रहेको छ ।
यस्तै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग पनि प्रधानमन्त्रीज्यूले छलफल गर्नुहुनेछ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि