काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । बैठक दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा आयोजना गरिने प्रवक्ता मनिष झाले जानकारी दिनु भएको छ ।
उहाँका अनुसार बैठकका लागि ९ वटा एजेण्डा तय गरिएका छन् । आइतबार सम्पन्न सचिवालय बैठकले उक्त एजेण्डाहरू निर्धारण गरेको हो ।
प्रवक्ता झाले बैठक विशेषगरी साङ्गठनिक सुदृढीकरण, आगामी महाधिवेशनको तयारी तथा नीतिगत सुधारका विषयमा केन्द्रित रहने बताउनु भएको छ । बैठकमा पार्टीका समग्र गतिविधिबारे ब्रिफिङ प्रस्तुत गरिनेछ भने केन्द्रीय सदस्यहरूले आफ्नो रिपोर्टिङ पनि गर्नुहुनेछ ।
यसैगरी, केन्द्रीय समितिका पदाधिकारीहरूको मनोनयन, महाधिवेशन कार्यविधिको मस्यौदा तयार पार्ने विषय तथा पार्टी विधानमा आवश्यक संशोधनबारे पनि उहाँहरूले छलफल हुनेछ । बैठकले सचिवालयले गरेका निर्णयहरूलाई अनुमोदन गर्नुका साथै विभिन्न महत्वपूर्ण निर्णयहरू पनि लिने अपेक्षा गरिएको छ ।
प्रस्तावित कार्यसूची अनुसार बैठकमा पार्टी गतिविधिको ब्रिफिङ, केन्द्रीय सदस्यहरूको रिपोर्टिङ, पदाधिकारी मनोनयन, महाधिवेशन कार्यविधि मस्यौदा, विधान संशोधन, स्थानीय तह उम्मेदवार क्लब गठन तथा आवेदन आह्वान, प्रवासमा रहेका नेपालीलाई मताधिकार प्रदान गर्ने विषय, सचिवालयका निर्णय अनुमोदन लगायतका एजेण्डामा छलफल गरिनेछ ।
त्यसैगरी, विभिन्न आयोग तथा निकायबाट प्राप्त पत्राचार, विषयगत विभागका योजना र नीति मन्थनसम्बन्धी निर्देशन तथा संसदीय दलको विधान संशोधनका विषयमा पनि बैठकमा विचार(विमर्श गरिनेछ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि