काठमाडौं । जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ ।
विवादास्पद व्यापारी दीपक भट्टसँग गृहमन्त्री गुरुङको साझेदारी रहेको विषय सार्वजनिक भएपछि मुभमेन्टका प्रवक्ता विजय शाहले विज्ञप्ति जारी गर्दै उहाँमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि पदबाट हटाई पक्राउ गरेर अनुसन्धान अघि बढाउनुपर्ने माग गर्नु भएको हो ।
उहाँले जारी गर्नु भएको विज्ञप्तिमा मन्त्री पदमा रहँदा अनुसन्धान प्रक्रिया प्रभावित हुन सक्ने र यसले स्वार्थको द्वन्द्व सिर्जना गर्ने स्पष्ट संकेत गर्ने उल्लेख गरिएको छ । साथै, मन्त्रीकै ओहदामा रहेर आफ्नैविरुद्ध छानबिन हुनु आधारभूत नैतिकता तथा कानुनी सिद्धान्तविपरीत हुने जिकिर पनि गरिएको छ ।
मुभमेन्टले निष्पक्ष न्याय सुनिश्चित गर्न गृहमन्त्री गुरुङले पदत्याग गर्नु अनिवार्य रहेको धारणा व्यक्त गर्नु भएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि