काठमाडौँ । आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ५ वटा निर्णय गरेको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमल्सिनाले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन्।
उहाँका अनुसार नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको छ। समितिमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र भुवनकुमार दाहाल (काठमाडौं) सदस्य रहनुभएकाे छ ।
त्यसैगरी मन्त्रिपरिषद्ले नेपाल विशेष सेवा ऐन २०८२, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४, तथा मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेका विधेयकहरू संघीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ।
यसैगरी समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पनि नियुक्ति तथा मनोनयन गरिएको छ। जसअनुसार अध्यक्षमा डिल्लीराज आचार्य (प्युठान) तथा सदस्यमा नवराज सिम्खडा (धादिङ) र रोशनबहादुर शाक्य (ललितपुर) लाई नियुक्त गरिएको छ।
सरकारका यी निर्णयहरू प्रशासनिक संरचना, निर्वाचन प्रक्रिया तथा सहकारी व्यवस्थापन सुधारसँग सम्बन्धित रहेको जनाइएको छ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर