काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी विभाग, काठमाडौंका नापी अधिकृत राजु पुरीसमेत विरुद्ध दायर गरिएको गैरकानुनी सम्पत्ति आर्जन तथा भ्रष्टाचार मुद्दामा विशेष अदालतले दिएको सफाइ फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।
आयोगका अनुसार राजु पुरीले सार्वजनिक सेवामा कार्यरत रहँदा पदीय मर्यादाको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार मुद्दा दायर गरिएको थियो। उक्त मुद्दामा बिगो रु. १,०४,०३,९४१.८३ कायम गरी जरिवाना, कैद सजाय तथा गैरकानुनी सम्पत्ति जफत र असुल उपरको मागदाबी लिइएको थियो।
तर विशेष अदालत, काठमाडौंले मिति २०८१।०२।३० मा उक्त मुद्दामा प्रतिवादीलाई सफाइ दिने फैसला गरेको थियो। सो फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०१।०८ गते सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभएकाे छ ।
आयोगले विशेष अदालतको फैसलामाथि कानुनी रूपमा पुनः परीक्षण आवश्यक रहेको भन्दै सर्वोच्च अदालतबाट न्यायिक निरुपण हुने अपेक्षा गरेको जनाएको छ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि