काठमाडौं । नेपाल पानी उद्योग महासंघको पानीको मूल्य बढाउने निर्णयको राष्ट्रिय उपभोक्ता मञ्चले विरोध गरेको छ । वैशाख ५ गते महासंघले पानीको मूल्य समायोजनको निर्णय गरेको थियो । विशेषगरी बोतलको पानीमा चार रुपैयाँ र जारको पानीमा प्रतिजार पाँच रुपैयाँ थप गर्ने गरी गरेको निर्णय अत्यन्त अव्यावहारिक र अस्वाभाविक रहेको मञ्चको भनाइ छ । महासंघले कच्चा पदार्थको मूल्यवृद्धि र पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिलाई वहाना बनाइएको भए तापनि उक्त मूल्यवृद्धि अत्यधिक रहेको मञ्चका अध्यक्ष प्रेमलाज महर्जनले बताउनुभएको छ । राज्यले समेत दैनिक अत्यावश्यक वस्तुको सूचीमा राखेको र राज्यको सहमतिबेगर मूल्य, गुण, गुणस्तर र परिमाणमा हेरफेर गर्न नसक्ने वस्तुका रूपमा रहेको मानव जीवनका लागि अत्यावश्यक पानीजस्तो आधारभूत वस्तुमा गरिएको वृद्धिले उपभोक्तामाथि ठूलो आर्थिक भार पर्ने उहाँको भनाइ छ ।
मञ्चद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘महासंघको भनाइकै आधारहरू जस्तै ४० प्रतिशतसम्म कच्चा पदार्थको मूल्यवृद्धि अतिशयोक्ति, तथ्यहीन र अवास्तविक देखिन्छ । मूल्यवृद्धिको निर्णय वास्तविक रूपमा मूल्य समायोजन नभई उपभोक्तालाई ठग्ने नियतले गरेको प्रष्ट देखिन्छ । अहिले पेट्रोलियमको मूल्यवृद्धिले पानीलगायतका तमाम दैनिक उपभोग्य वस्तु तथा सेवाको कारोबार गर्नेहरूले आफूखुसी मूल्य बढाउन थालेको हुँदा सरकारले यस विषयमा तत्काल सम्बोधन गर्नुपर्ने र अनुचित व्यापारिक क्रियाकलाप गरी उपभोक्तालाई आर्थिक भार बढाउनेलाई कडा कारबाही गर्न नेपाल सरकारसमक्ष अनुरोध गर्दछौं । साथै नेपाल पानी उद्योग संघले पनि मूल्य समायोजनको नाममा गरेको अस्वाभाविक मूल्यवृद्धि तत्काल फिर्ता लिनसमेत आग्रह गर्दछौं ।’






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर