खोटाङ । पूर्वी नेपालको महत्त्वपूर्ण पर्यटकीय गन्तव्य मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि सञ्चालन गरिएको विश्वव्यापी परियोजनाअन्तर्गत अन्तर्राष्ट्रिय स्रष्टा सम्मेलन तथा पदमार्ग भ्रमण कार्यक्रम सम्पन्न भएको छ । परियोजनाको पहिलो चरणअन्तर्गत आयोजित उक्त कार्यक्रममा नेपालका सातै प्रदेशका साथै विश्वका ११ देशका स्रष्टाहरूको सहभागिता रहेको आयोजकले जनाएको छ । सम्मेलनमा भारत, भुटान, चीन, अष्ट्रेलिया, टर्की, रसिया, सिंगापुर, फिलिपिन्स, जापान र कोरियाका साहित्यकार तथा कलाकार सहभागी भएका थिए ।
परियोजना निर्देशक वरिष्ठ संस्कृतिविद् डा.भक्त राईले पदमार्ग प्रवर्द्धनका लागि यति व्यापक अन्तर्राष्ट्रिय सहभागितासहित आयोजना गरिएको कार्यक्रम ऐतिहासिक तथा अभूतपूर्व रहेको बताउनुभयो । उहाँका अनुसार सानो संख्यामा सहभागी भए पनि यस सम्मेलनले मुन्दुम पदमार्गको विश्वव्यापी सञ्जाल निर्माणका लागि महत्त्वपूर्ण आधार तयार गरेको छ ।
सम्मेलनका क्रममा सहभागी स्रष्टाहरूले मुन्दुम पदमार्ग क्षेत्रको इतिहास, संस्कृति, भूगोल, जैविक विविधता, स्थानीय समुदायको जीवनशैली तथा ‘मुन्दुम’ परम्पराबारे विस्तृत जानकारी लिएका थिए ।
भ्रमणपश्चात् स्वदेशी तथा विदेशी स्रष्टाहरूलाई मुन्दुम पदमार्गसम्बन्धी गीत सिर्जना गर्न प्रोत्साहित गरिने आयोजकले जनाएको छ । ती गीतहरू विभिन्न देशका गायक–गायिकामार्फत रेकर्ड गरी बृहत् म्युजिक भिडियो निर्माण गर्ने योजना छ । साथै पदमार्गको समग्र परिचय समेटिएको वृत्तचित्र तथा ग्रन्थ तयार गरी विभिन्न भाषामा अनुवाद गरेर अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गरिने बताइएको छ ।
परियोजनाले मुन्दुम पदमार्गलाई विश्व पर्यटन बजारमा स्थापित गर्दै स्थानीयस्तरमा रोजगारी, स्वरोजगार र आयआर्जनका अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ । यसले पूर्वी नेपालको पर्यटन, संस्कृति र आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र