काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसनले सामाजिक उत्तरदायित्वअन्तर्गत विश्वव्यापी रूपमा मनाइने पृथ्वी दिवस २०२६ का अवसरमा नेपालको ऐतिहासिक स्थल कीर्तिपुर ६ स्थित मञ्जुश्री पार्कमा डस्टबिन हस्तान्तरण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम स्थानीय संस्था प्रगतिशील युवा समूह र जलविनायक सामुदायिक वन उपभोक्ता समूहले संयुक्त रूपमा आयोजना गरेको हो ।
सो अवसरमा मञ्जुश्री पार्क र जलविनायक सामुदायिक वनको क्षेत्रमा कुहिने र नकुहिने फोहोर व्यवस्थापनका लागि डस्टबिनहरू स्थानीय प्रतिनिधिसमक्ष वर्ल्डलिंककी सिएसआर डाइरेक्टर तथा प्रमोटर सेयर होल्डर अनुपा भण्डारी जालान र कीर्तिपुर नगरपालिकाकी उपमेयर शुभलक्ष्मी शाक्यले संयुक्त रूपमा हस्तान्तरण गर्नुभएको थियो । साथै, सहभागीहरूले पार्क र सामुदायिक वन क्षेत्रमा सामूहिक रूपमा सरसफाइ अभियान सञ्चालन गर्दै प्लाष्टिकरहित क्षेत्र व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
२०५० सालमा स्थापना भएको प्रगतिशील युवा समूहले मञ्जुश्री पार्क र सामुदायिक वन स्थापना र सोको संरक्षणमा निरन्तर लागिरहेको क्लबका अध्यक्ष सुजन महर्जनले बताउनुभएको थियो । वर्ल्डलिंकको सामाजिक उत्तरदायित्वअन्तर्गत हालसम्म देशका विभिन्न स्थानका विद्यालयमा शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण, वृक्षारोपण र सामुदायिक वन संरक्षण, मानसिक स्वास्थ्य सचेतना कार्यक्रम, दुर्गम क्षेत्रमा अनलाइन शिक्षा, स्वास्थ्य संस्थामा सौर्य ऊर्जा जडान, सुरक्षित इन्टरनेटसम्बन्धी जनचेतना तथा युवाहरूको डिजिटल क्षमता अभिवृद्धि जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर