हाम्रा हरेक विषयवस्तु मध्यमामानमा चलेका हुन्छन् । जति स्पष्ट र स्पष्टतर बन्न खोजे पनि मध्यम मान नै हाम्रो व्यवहारमा उपयोगी हुन्छ । हामी यही कुरा व्यवहारमा उपयोग गरिरहेका हुन्छौँ । यसरी मध्यम मानमा व्यवहार हुन्छ भने किन स्पष्ट मान चाहियो ? यसको खोज अनुसन्धान नै आवश्यक नपर्ला भन्ने पनि हुनसक्छ तर यसरी आएको स्पष्ट मान पनि मध्यम नै हुनपुग्छ । हामी स्पष्टभित्रको मध्यममानमा चलिरहेका छौँ । संसारमा समयको मापन मध्यममानमा नै गरिएको छ । एउटा काल्पनिक तिथिरेखा कोरिएको छ । त्यही रेखादेखि उता पश्चिम यता पूर्व भनी निर्धारण गरिएको छ । वास्तविक पूर्व वा पश्चिम कहाँ हो भेट्न गाह्रो छ । यसैले कुनै बिन्दुलाई आधार मानी सोबाट वर र परलाई पूर्वपश्चिम तय गरिएको हुन्छ ।
देशका समय निर्धारण पनि मध्यम मानले नै गरिएको हुन्छ । भारत, चीनजस्ता ठूला देशले आफ्ना देशभित्र एउटै समयरेखाको उपयोग गर्दछन् । नेपालदेखि पूर्वअसम, सिक्किम आदि क्षेत्रमा पनि समयान्तर ५ः३० मानिन्छ । त्यही मेची वर नेपालमा १५ मिनेको अन्तर हुन्छ । मेची वा महाकाली खोला वारि र पारिमा १५ मिनेको समय अन्तर मानिएको हो ।
सामान्यतः जहाँबाट सूर्य उदाउछन् त्यही पूर्व हो । अब यो पूर्व बिन्दुलाई खोज्दै हिँड्ने हो भने केवल पृथ्वीको चक्कर हजारौँ पटक लगाउँदा पनि यो प्राप्त हुन सक्दैन । कुनै एक रेखा वा स्थानलाई मानेर सोही आधारमा पूर्व वा पश्चिमको निर्धारण गर्न सकिन्छ । यो मान्यतामा आधारित व्यवहार नै हो । जुन मध्यम मानले नै संरचित हुन्छ । यसका साथै सूर्य उदाएको बिन्दुलाई नै पूर्व मान्ने हो भने आजको तुलनामा उत्तरायणमा सूर्य उत्तरतर्फ सरेर र दक्षिणायनमा सूर्य दक्षिणतर्फ सरेर उदाउने गर्दछन् । एक वर्षको अध्ययन गर्ने हो भने सूर्य कर्कटदेखि मकर रेखासम्म निरन्तर अयनानुसार सरिरहेका हुन्छन् । अब कुनै एक बिन्दुलाई आज पूर्व भनियो तर भोलि त्यो बिन्दु निश्चय नै सर्छ यसैले पूर्व बिन्दु नै मिल्न सक्दैन ।
यसैले मध्यममानले परं उत्तर र परं दक्षिणको बीच भागलाई पूर्वको केन्द्र मध्यममानले नै मानिएको हो । यसरी नमान्ने हो भने हामीले दिशा पत्ता लगाउन सक्दैनौँ । हाम्रा दैनन्दिनी जीवनका व्यवहार चल्दैनन् । ध्रुवतारा वेध गरेर पनि दिशा पत्ता लगाउन सकिन्छ । यसमा पनि मध्यममानको व्यवहार नै आवश्यक हुन्छ । यसैले हामी स्पष्टमान खोजिरहेका हुन्छौ तर मध्यम मानमा नै व्यवहार चलाइरहेका हुन्छौ । स्पष्टमान साधन नै गर्नु हुँदैन भनिएको होइन । हामीले गरिएको स्पष्टमान पनि मध्यम मान नै हो । मानिएको एकाइ मात्र हो । वास्तविक स्पष्ट मान मिल्न अत्यन्त कठिन छ । जसबाट हाम्रो व्यवहार सिद्धि हुन सक्दैन । किनकि संसारी वस्तु अस्थिर छन् ।
सङ्क्रान्ति निर्धारणमा पनि यही मध्यम मान व्यवहारमा उपयोग गरिन्छ । सूर्य सङ्क्रमणको समय स्पष्ट गरेर निकालिन्छ तर सधैँ सूर्योदयको समयमा सङ्क्रान्ति हुँदैन । यसैले मिश्रमानकाल अन्य सङ्क्रान्तिमा, माघेसङ्क्रान्तिमा दिनमान काल र साउने सङ्क्रान्तिमा अहोरात्रकाललाई आधार मानिन्छ र सङ्क्रान्ति निर्धारण गरिन्छ । जस्तै २०८३ वैशाख १ गते दिवा १२ः४ बजे सूर्य मेष राशिमा प्रवेश गरेका थिए तर हामीले बिहानैबाट नयाँ वर्ष मनायौँ, सङ्क्रान्तिसम्बद्ध स्नाद, दानादि कर्म गर्यौँ । किनकि यस विषयमा शास्त्रमा पुण्यकालको व्यवस्था छ । पूर्वदिन वा परदिन सङ्क्रान्ति मान्ने व्यवस्था छ । सामान्यत सङ्क्रान्तिका पूर्वापरका सोह्र घडी पुण्यकालका निम्ति उपयोग गरिन्छ तर यतिले मात्र पनि नप्ग्नु सक्छ ।
यसैले राति मिश्रमान (मध्यरात्रिको आसपास वा दिनमान+रात्रिमानको आधा) काललाई सङ्क्रान्ति चलनको आधार मानिन्छ र त्यो दिन सङ्क्रान्ति मानिन्छ । वास्तवमा वा स्पष्ट मानले हो भने सङ्क्रमण समयलाई नै लिनुपर्ने हुन्छ । यो व्यवहारमा अनुपयुक्त हुने भएकाले मध्यम माननमा नै यस्ता व्यवहार हुने गर्दछन् । हामीले मान्ने नाडी घडी पनि नाडीवृत्तीय मध्यममानका नै हुन् । ६० घडी वा २४ घण्टाको दिन पनि मध्यम मानले नैमानिएको हो । वास्तवमा यो समय २३ घण्टा ५६ मिनेटको आसपासमा हुन्छ । विश्वमा सबैले मानी आएको समय उही ६० घडी वा २४ घण्टाको दिन मान्ने नै व्यवहारमा चल्छ र गणितीय प्रक्रिया पनि सहज हुन्छन् । स्पष्ट मानमा यो कुरा भिन्न हुन्छ ।
देशका समय निर्धारण पनि मध्यम मानले नै गरिएको हुन्छ । भारत, चीनजस्ता ठूला देशले आफ्ना देशभित्र एउटै समयरेखाको उपयोग गर्दछन् । नेपालदेखि पूर्व असम, सिक्किम आदि क्षेत्रमा पनि समयान्तर ५ः३० मानिन्छ । त्यही मेची वर नेपालमा १५ मिनेको अन्तर हुन्छ । यो वास्तवमा वा स्पष्ट मानले हुँदैन । मेची वा महाकाली खोला वारि र पारिमा १५ मिनेको समय अन्तर मानिएको हो । वास्तवमा यो समय भिन्नै हुन्छ तर हाम्रो व्यवहार वास्तविक समयमा चल्न सक्दैन । केन्द्रीय वा मानक समय मान्नु नै पर्ने हुन्छ । यसैले समय व्यवहारमा पनि मध्यम मानको उपयोग गरिन्छ ।
कतिपय पैसाको हिसाब हुन्छन् तर पैसामा भएको मानलाई पनि हामीले थप तिरी रुपैयाँ बनाएर व्यवहार चलाउने गर्दछौँ । पैसामा फिर्ता दिने त चलन पनि छैन, व्यवहारका निम्ति उपयोगी पनि हुँदैन । यसैले यस्ता कुरा गौण हुँदै जाने गर्दछन् । ०.५ भन्दा माथिको मानलाई १ लिने भन्ने हाम्रो मान्यता नै प्रचलनमा छ ।
संवत्सर पनि हरेक चैत्रशुक्ल प्रतिपदाबाट मानिन्छ । चैत्रशुक्ल प्रतिपदाका दिन जुन संवत्सर पर्दछ त्यही संवत्सर वर्षभरि उपयोग गरिन्छ । चाहे स्पष्ट मानले एकमहिनामै किन नसकियोस् । वास्तवमा संवत्सरको गणना भिन्नै भए पनि मान्यताको संवत्सर मध्यम मानले नै लिइएको हुन्छ । यसैगरी तिथ्यादिको मान पनि मध्यम मानले नै व्यवहार चलाइएको हुन्छ । उदयकालमा रहेको तिथिलाई हेरेर अग्निवास, शिववास चक्र जुराइन्छ । उक्त तिथिको मान सकिएपछि अग्नि वा शिववास नजुर्न सक्छ स्पष्ट मानले तर मध्यम मानले सूर्योदयकालमा जुन तिथि छ त्यही मान्ने हाम्रो धर्मशास्त्रीय मान्यता रहेको छ । सा तिथि सकला ज्ञेया जपाध्ययनकर्मसु भनी सूर्योदयकालको तिथिलाई सकला वा त्यो दिनभरि प्रतिनिधित्न्व गर्ने मानिन्छ ।
यहाँ पनि स्पष्टमान भिन्नै रहे पनि मध्यम मानमाहाम्रा व्यवहार चल्ने गर्दछन् । नक्षत्रका आधारमा नाम निकाल्दा भने वास्तविक नक्षत्र उपयोग गरिन्छ । भद्राका निम्ति समय तय गरिन्छ । यद्यपि आकाशका नक्षत्र पनि मध्यम मानले परिकल्पित हुन् । ताराको समूह नक्षत्र भएकाले उक्त स्थान नै परिकल्पना वा मध्यम मानमा आधारितहुन्छ । किनकि हरेक नक्षत्रको भोग्य समय १३ः२० हुनु नै मध्यम मान लिइनु हो । वास्तवमा यसको आसपासमा गति तलमाथि भइरहेको हुन्छ । यसैले यी कुरा पनि मध्यम मानले नै चलेका हुन्छन् ।
निरयण पद्धतिको हाम्रो कालगणना र व्यवहारमा पनि मध्यम पक्ष नै आकर्षित हुन्छ । सायन गणना गर्न नसक्नेभएर होइन । व्यवहार चलाउनका निम्ति यस्ता व्यवस्था भएका हुन् । हामीले बसको भाडा तिर्दा पनि २३ रुपैयाँ भएको भाडालाई २५ तिछौँ तर खुद्रा नभएकाले छोड्छौँ यो त सामान्य कुरा भयो । यसैगरी कतिपय पैसाको हिसाब हुन्छन् तर पैसामा भएको मानलाई पनि हामीले थप तिरी रुपैयाँ बनाएर व्यवहार चलाउने गर्दछौँ । पैसामा फिर्ता दिने त चलन पनि छैन, व्यवहारका निम्ति उपयोगी पनि हुँदैन । यसैले यस्ता कुरा गौण हुँदै जाने गर्दछन् । ‘अर्धाधिकं रूपं ग्राह्येद्’ अर्थात् ०.५ भन्दा माथिको मानलाई १ लिने भन्ने हाम्रो मान्यता नै प्रचलनमा छ ।
कतिय हाम्रा हिसाब स्वल्पान्तरात् भनी यी विषयलाई स्वीकार गरिएका हुन्छन् । वास्तविक गणितीय पाटो एकातर्फ हुन्छ भने हाम्रो व्यवहार अर्कातर्फ हुने गर्दछ । थोकमा दश किलो चिनी किनेर एक एक किलोका दरले बेच्ने हो भने त्यहाँ दश किलो पुग्न मुस्किल हुन्छ । यसैले व्यवहारमा यो मध्यम मान लिनुको विकल्प रहँदैन । हाम्रो व्यवहार मध्यम मानमा चलेको हुन्छ । ९० प्रतिशत पढेलेखेका देशलाई साक्षर घोषित गरिन्छ । हालको लेटर ग्रेडिङ प्रणाली पनि यस्तै मध्यम मानमै चलेको छ । ए प्लस भन्नु शतप्रतिशत होइन । यसरी हाम्रा हरेक विषयवस्तु स्पष्टमानमा चल्न सक्दैनन् जुन व्यवहार उपयोगी हुन सक्दैन । स्पष्ट पक्षको पनि गणना त हुन्छ तर अधिकांश कुरा हाम्रो मान्यतामा नै आधारित हुन्छन् । यसैले स्पष्ट साधना गरे पनि मूलरूपमा हम्रो व्यवहार मध्यममानमा नै चलेको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर