युरोपदेखि क्यानडासम्म नियात्राकृति विष्णुप्रसाद पन्तद्वारा लेखिएको हो । यसलाई कृतिकारले नियात्रा भन्नुभएको छ । यस पुस्तकको प्रकाशक गुणनिधि धनलक्ष्मी पन्त स्मृति प्रतिष्ठान चाबेल काठमाडौं छ । यस कृतिको सर्वाधिकार लेखकमै निहित छ भने कृति २०८२ साल फागुन १ गते प्रकाशित यस कृतिको प्रथम संस्करण हो । प्रथम संस्कारमा यो ५०१ प्रति छापिएको छ । पुस्तक डिएमआई साइजमा छापिएको छ, हेर्दा निकै आकर्षक देखिन्छ । पुस्तकमा तौलयुक्त पहेँलो कागज प्रयोग भएको छ भने छपाइ स्तरीय पाइन्छ, अशुद्धि कमैमात्र भेटिन्छन् । भूमिका खण्डसमेत गरी १२० पेजमा यो पुस्तक छापिएको छ ।
विभिन्न ठाउँको यात्रा गरेका र लेखकीय मनोभावना भएका व्यक्तिद्वारा लेखिने नियात्रात्मक कृति यात्रा गर्न मन गर्ने तर विभिन्न कारणले नसकिरहेका पाठकका लागि रुचिको विषय बन्नपुग्छ । कहाँ, कसरी, कस्तो अवस्थामा, कति खर्च गर्दा पुगिन्छ, घुमिन्छ ? जस्ता जिज्ञासाको समाधान यस्ता कृतिबाट हुनेगर्छ । त्यस कारणले नियात्रात्मक कृति बढी पढिन्छन् ।
मूल्य २०० रुपैयाँ रहेको पाइन्छ । सूर्योदय डेस्कटपका दीपेन्द्र बस्नेतको लेआउट रहेको पुस्तकको आवरण निकै आकर्षक छ । भलादमी फिक्का नीलो रङ्गमा रहेको यस आवरणमा तल क्यानडा र माथि युरोपको नक्सा रहेको पाइन्छ । बीचमा ठूला अक्षरमा पुस्तकको शीर्षक छ भने त्यससँगै साना अक्षरमा लेखकको नाम राखिएको छ । पृष्ठावरणमा फोटोसहित लेखकको सानो विचार राखिएको, तलतिर साहित्यकार ठाकुर शर्मा भण्डारीको छोटो विचार समेटिएको छ । साथै पुस्तकमा प्रकाशक संस्थाको लोगोसहित नाम उल्लेख भएको छ ।
पुस्तकको भूमिकाखण्डमा ठाकुर शर्मा भण्डारीको ‘युरोपदेखि क्यानडासम्मको भ्रमण सन्दर्भ’ शीर्षकमा उहाँको भूमिका छ भने त्यसपछि लेखकको विचार ‘आफ्ना कुरा’मा समेटिएको छ । विषय सूची छ । पुस्तक दुई खण्डमा विभाजित छ । पहिलो खण्डमा ३२ वटा विभिन्न शीर्षकका यात्रा निबन्ध छन्, लेखकले यसलाई नियात्रा नभनेर यात्रा संस्मरण भन्नुभएको छ । विभिन्न समयमा गरिएका यात्रालाई यसमा संस्मरणात्मक रूपमा समेटिएको हुनाले लेखकद्वारा यसो भनिएको हुनसक्छ ।
पछिल्लो समयमा धेरै पढिने विधामा नियात्रा अथवा यात्रासंस्मरण पर्न आउँछन् । यात्रा गर्न सहज छैन । समय अर्थ सङ्कलनलगायतको व्यवस्थापन गर्नुपर्ने हुन्छ । त्यसकारणले सबैले भन्ने बित्तिकै यात्रा गर्न सक्दैनन् । परम्परागत रूपमा त नेपालीहरूमा तीर्थयात्रा गर्ने चलन थियो । आन्तरिक रूपमै देशभित्रको यात्राको समय जुराउन निकै व्यवस्था मिलाउनुपर्ने हुन्थ्यो तर पछिल्ला दिनहरूमा नेपालका अधिकांश युवा विदेशका विभिन्न भूमिमा छरिएर रहेका हुँदा तिनले आफ्ना अभिभावकलाई बेलाबेलामा आफू बसेका ठाउँको यात्रामा आमन्त्रण गर्छन् । यसले गर्दा युरोप, अमेरिका, खाडी मुलुक, कोरिया, मलेशिया, जापानलगायत एशियाका विभिन्न मुलुकको यात्रा पछिल्लो समयमा गर्ने गरिन्छ ।
यसरी विभिन्न ठाउँको यात्रा गरेका र लेखकीय मनोभावना भएका व्यक्तिद्वारा लेखिने नियात्रात्मक कृति यात्रा गर्न मन गर्ने तर विभिन्न कारणले नसकिरहेका पाठकका लागि रुचिको विषय बन्नपुग्छ । कहाँ–कसरी, कस्तो अवस्थामा, कति खर्च गर्दा पुगिन्छ, घुमिन्छ ? जस्ता जिज्ञासाको समाधान यस्ता कृतिबाट हुनेगर्छ । त्यसकारणले नियात्रात्मक कृतिहरू बढी पढिन्छन् । यस कृतिमा प्रथमखण्डमा नियात्राकारले बाल्यकालको सम्झनादेखि बेलायत, स्विटजरल्याण्ड, जुरिच विश्वविद्यालयको अवलोकन, फ्रान्स, लग्जेम्बर, नेदरल्याण्ड, बेल्जियम, इटाली, भ्याटिकन सिटी आदि ठाउँको भ्रमण गर्दा ती ठाउँमा आफन्त, परिवारका सदस्य, नेपालीहरूसँगको भेट, उनीहरूद्वारा सञ्चालित विभिन्न व्यावसायिक काम तथा होटल रेस्टुरेन्टहरूको अवलोकन र त्यहाँ खाना खाँदाका कुरा यसखण्डमा समेटिएका छन् । यो युरोप भ्रमणको खण्ड हो । युरोप भ्रमणको स्वाद पाठकले यो पुस्तकको पहिलो खण्ड पढेर पाउँन सक्छन् ।
पुस्तकको दोस्रो खण्डमा नियात्राकार पन्तले क्यानाडाको भ्रमणलाई समेट्नुभएको छ । त्यहाँ पुगेर परिवारजन भेटघाट गरेको, नातिनातिनासँग रमाएको, विभिन्न ठाउँको भ्रमण गरेको र विभिन्न हिन्दु मन्दिर पुग्नुका साथै नेपाली पर्व मनाएको सन्दर्भ जोडिएका छन् । पहिलो खण्डमा ३२ र दोस्रो खण्डमा १८ वटा गरी ५० वटा नियात्रात्मक निबन्धहरू सङ्ग्रहमा समेटिएका छन् । पुस्तकमा सन्दर्भ अनुसार ठाउँठाउँमा तस्वीर राखिएका छन् ।
अन्तिममा नियात्राकार पन्तको परिचय समेटिएको छ । उहाँको व्यक्तिगत विवरण, संलग्न भएका संघसंस्था, आफूद्वारा लेखिएका पुस्तक, मानसम्मान, पदक र अभिनन्दनहरूको विवरण छ । वरिष्ठ साहित्यकार पन्तको १४औं कृति हो । विभिन्न विधाका पुस्तक प्रकाशित गर्दै आउनुभएका पन्तलाई पुस्तका लागि धेरै-धेरै बधाई तथा सफलताको शुभकामना । उहाँलाई अन्य नयाँ पुस्तकका लागि अग्रीम शुभकामना ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि