विजयका दुन्दुभिसँगै उत्तेजित अझ भावोत्तेजित कविहरूले वीरकालीन काव्यिक धाराको प्रवर्द्धन गरे । त्यस बेलाका कवि साहित्यकारमा पनि एउटा टड्कारो बिडम्बना देखिन्छ । पृथ्वीनारायणले त भौगोलिक अभियानको साहसिक यात्रा सुरुमात्र गरेका हुन् । पूर्वका चार राज्य, नुवाकोट र काठमाडौं विजय अभियानफछि बाइसे चौबीसे राज्य एकीकरण त बाँकी नै थियो । यसै व्रममा १८३१ म उनको निधन भयो । उनले एकीकरण गरेभन्दा लगभग चौगुणा बढी एकीकरण त बहादुर शाहले गरे । बेतियामा थुनिएर पनि नेपालको हित चाहने सत्ताका लागि बदलाको विचार नराखी भाउजूले दण्डित गर्दा पनि चासो नगरी राज्यहितको एकीकरणमा सदावर्त खटिरहने बहादुर शाहको नाम त न इतिहासका पानामा यस रूपमा लेखिएको छ, न त कुनै तत्कालीन कवि/साहित्यकारहरूले उनलाई विषयबद्ध गरेर कुनै रचनाहरू रचेका छन् ।
टुटेफुटेका जे–जस्ता हुन् सम्पूर्ण शब्दसंसारमा पृथ्वीनारायणमात्र छाएका छन् । सत्तामुखी कविहरूको स्वार्थी मनमानसिकता त्यस बेलादेखि नै गाढा रूपमा रहेको हामी पाउन सक्छौं । यस देशलाई देश मान्ने मान्य/मित्रजनहरू ! यसलाई खुम्च्याउने कुनै आपराधिक नियतको शक्ति छ भने त्यो सुरु देखिको दरबारिया शक्ति हो । राजशक्ति हो । राजाको नियत हो । राजा नै हो । यस शक्तिलाई काँधमा हालेर बाजा बजाउनेहरूको अनुहार पनि यसैपटक छर्लंग देखियो । अब ओठेभक्तिमा राजाको नाम लिएर सडकमा निस्कँदै सोझासाझा निमुखा जनता मार्न उद्यत् हुनुहुन्छ भने तपाईंहरूको ओठेभक्ति राष्ट्रघातको उदाहरण हो । गुमेका स्वार्थ प्राप्तिको चाप्लुस खेल हो ।
देश खुम्चेका कारण वीरताका भाका सुके । राष्ट्रभक्तिमा अलिकति भए पनि अल्पविराम लाग्नपुग्यो । यतापटिका निराशा शान्त पार्न कवि, लेखक वा साहित्यकारहरू ईश्वरीय आस्थाउन्मुख हुनपुगे । कसैले कृष्णलाई ईश्वरीय आस्थाका आधार मानेर आफ्ना सिर्जनामा कलम दगुराए, कसैले रामलाई आस्थाका आधार मानेर कलम अगाडि बढाए ।
स्तुतिगायक साहित्यकारका लाम वीरकालीन साहित्यधाराबाट नै सुरु भएर भावान्तरमात्र हो, अद्यावधि चलेकै छ । बिस्तारै दरबारिया शक्तिले कुबेलामा कुनिर्णय गर्दा अमरसिंह थापाले सुगौली सन्धिमा हस्ताक्षर गरेर मसी सुक्न नपाउँदै गोसाइँकुण्डमा आत्महत्या गर्न विवश हुनुफर्यो । यसै राजनीतिक चव्रका बीच नेपाली साहित्यमा प्राथमिक कालको जन्म भयो जसका केन्द्रीय व्यक्तित्वका रूपमा विसं १८८१ मा चुँदीरम्घामा जन्मेका भानुभक्त आचार्य रहे । वीरकालकाझैँ सोझै भन्नु प्राथमिक कालमा सम्भव रहेन । निरासाका अन्तिम फालमा नेपाली जनमानसिकता पुगेको यो अवधि साहित्यका निम्ति निकै उर्वर बन्नपुग्यो ।
देश खुम्चेका कारण वीरताका भाका सुके । राष्ट्रभक्तिमा अलिकति भए पनि अल्पविराम लाग्नपुग्यो । यतापटिका निराशा शान्त पार्न कवि, लेखक वा साहित्यकारहरू ईश्वरीय आस्थाउन्मुख हुनपुगे । कसैले कृष्णलाई ईश्वरीय आस्थाका आधार मानेर आफ्ना सिर्जनामा कलम दगुराए, कसैले रामलाई आस्थाका आधार मानेर कलम अगाडि बढाए भने कतिपयले निराकार आस्थाको स्वरूप जो एक प्रकारको ईश्वरीय आस्थाकै अनुहारका रूपमा देखा पर्दछ त्यसलाई समातेर सिर्जनामा कलम चलाए । यसै अवधिलाई हामी प्राथमिककालीन नेपाली साहित्यका अनुहारका रूपमा चिन्दछौं । यो ऐतिहासिक शृङ्खला नबुझ्ने सर्जक, सर्जक हुँदैन । समालोचक, समालोचक हुने त कुरै भएन ।
रानीति गर्नेले राजनीतिक ऐतिहासिक पृष्ठका पत्रहरू पल्टाउन सकेन भने ऊ ढुङ्गा हान्ने बुङ्गाका रूपमा मात्र सीमित हुन्छ । विश्लेषक अविश्वासको अनुहारमा मात्र सीमित रहन्छ । इतिहास पढाउने र लेख्नेले इतिहासकै ऐतिहासिक पृष्ठभूमि बुझेन भने ऊ विश्लेषक इतिहासविद् नभएर दोबाटोमा उभिएको बुख्याँचा हुन पुग्छ । म यी सन्दर्भ खोलेर नेपाली साहित्यका वर्तमान अवस्थाका सर्जकका सच्चा अनुहारका मुखुण्डा उतार्न खोज्दैछु । खोल्न खोज्दैछु । समालोचकका बेतुके अनुहार देखाउन खोज्दैछु ।
अहिलेका नेपाली साहित्य सर्जक र समालोचकहरू केही अपवाद जो असाध्य न्यून छन् त्यसलाई छाड्ने हो भने तिनै बुख्याँचाका रूपमा मात्र हाम्रा सामु उभिएका छन् जसलाई न कुनै इतिहासको ज्ञान छ, न वर्तमानको, न को के लेख्छ को जानकारी छ, न म के लेख्छुको ? मुक्तकका ‘म’ थाहा नहुनेहरू मुक्तक सम्राट र मुक्तक साम्राज्ञीका रूपमा मञ्चासीन हुन्छन् । यसभन्दा हाँस उठ्दो अवस्था केही हुन्छ ? यसमा स्पष्ट के हुन्छ भने मुक्तकको माहोल बनाउनेलाई मुक्तकको मर्म र इतिहास थाहा छैन । मञ्चासीन हुने सम्राट, साम्राज्ञीलाई मुक्तक नै के हो थाहा छैन । विधि र विधानको त कुरै छाडौं । ठ्याक्कै अहिलेको मन्त्रिमण्डल जस्तो । हुल्लडवाजहरूको अखडा । जल्ने/जलाउनेहरूको भीमकाय भिड ।
समालोचकको हरिबिजोक त्यस्तै छ । प्राध्यापन क्षेत्रमा लागेका त्यसै पनि पद जोगाउने पढाउन बनाएका टेपरेकर्डका नोट जम्मा गरेर मोटो आकारको एउटा पुस्तक छापिदिएछि उनीहरू वरिष्ठ समालोचक कहलिन्छन् । भाषा र इतिहासको सामान्य जोडघटाउको मिति यिनीहरूसँग हुन्छ तर सर्जक अन्तरहृदयको पहिचानमा शून्यता । यही शून्यता हावी भएका तर परिचयमा भाइरल हुने समालोकहरू एउटा नामै नसुनेको, बल्लबल्ल एउटा कृतिको त्यो पनि एआईका सहारामा तयार पारेर होटेलमा लोकार्पण गराउने व्यक्तिको प्रशंसामा यति उफ्रन्छ समालोचक मानौं ऊभन्दा अर्को सर्जक नै छैन दुनियाँमा । यो समालोचनात्मक विधिको असल पक्ष हो वा खराब ? कारण उसलाई समालोचनाको विधि र इतिहास नै थाहा छैन । स्रष्टत्व चिन्ने त उसको क्षमताभन्दा निकै परको काकाकुल पक्ष हो ।
सुगौली सन्धिले लगाएका पराजयका पीडाबाट आहत सीमाभक्त साहित्यकार छट्पटाए । छट्पटाहट शान्त पार्नाका लागि भानुभक्तले रामभक्तिधाराको अनुशरण गरी रामायण लेखे आनुपातिक परिष्कृत भाषिक प्रयोगमा । सुन्दरानन्द वाणाले कृष्णको अनुशरण गरी कृष्णचरित्र लेखे । अन्य धेरै कविहरू यिनै मार्गमा समाहित भएका हामी पाउँछौं । अर्को एउटा गजबको बाटो पनि समाए विद्रोही कविहरूले यस समयमा ।
वर्तमान व्यक्तिगत वा समूहगत भाइरल भएर अगाडि बढेका स्रष्टाहरू मलाई त स्रष्टा भन्न पनि लाज लाग्छ कथित स्रष्टाहरू जसलाई विधागत वा प्रविधागत जानकारीको ‘ज’सम्म दिमागमा छैन तिनबाट साहित्यिक आकाश चुम्ने आशा राखौँ ? यसैले पनि यो सामग्री लगातार अद्यावधिक गर्नु आवश्यक ठान्छु म । लापर्बाहीको सीमा यतिसम्म नाघेको छ- इतिहासका कृतिहरूमा लेखिएका आफ्नै नामका सूचीसम्म उसले पढेको छैन । पढ्ने चाहना पनि छैन । यस्ता वर्तमान नेपाली साहित्यका जमातबाट लेखिएका अक्षरका पुच्छर समातेर नेपाली वर्तमान साहित्य विश्वसँग प्रतिस्पर्धा गर्न योग्य छ भन्ने समालोचकले कुन गल्लीमा अक्षर सिकेका ठान्ने हामीले ? यो दुःखद् अवस्था विद्यमान छ नेपाली साहित्यमा अहिले । तीतो तर सत्य यही हो ।
प्राथमिककालीन नेपाली साहित्यिक सीमाको चर्चामा हामी छौं । सुगौली सन्धिले लगाएका पराजयका पीडाबाट आहत सीमाभक्त साहित्यकार छट्पटाए । छट्पटाहट शान्त पार्ना भानुभक्तले रामभक्तिधाराको अनुशरण गरी रामायण लेखे आनुपातिक परिष्कृत भाषिक प्रयोगमा । सुन्दरानन्द वाणाले कृष्णको अनुशरण गरी कृष्णचरित्र लेखे । अन्य धेरै कविहरू यिनै मार्गमा समाहित भएका हामी पाउँछौँ । अर्को एउटा गजबको बाटो पनि समाए विद्रोही कविहरूले यस समयमा ।
निर्गुण भक्तिधाराको आरम्भ पनि यसै समय विशेषको उपज हो । ज्ञानदिल दासजस्ता सशक्त समाजचेत भएका व्यक्तित्वले निर्भीक भएर यस धाराको अग्र गतिमा पाइला चलाए । अक्षरका सागर सल्सलाए । जातीय व्यावहारिक कार्य सङ्कुचन र जातीय कार्य विस्तारका सम्भावना र देखा पर्दै गरेका यथार्थलाई यिनले साँच्चै मर्मस्पर्शी ढङ्गले उजागर गरेको देख्न सकिन्छ । ‘यो रुम्जाटारको कोदाको पिठो निर्गुणको दाउन, धर्म र कर्म गुरुङले गरे छक परे बाहुन ।’ यति घतलाग्दा पङ्तिहरू त्यसताका लेखिनु आफैँमा अन्तर ऊर्जाको अनुपम उदाहरण हो । यस बेलाको निरासाले भरिएको मनोविज्ञान एकातिर ईश्वरीय सहारामा आफूभित्र गुम्सिएका विचारलाई, चेतनालाई, मान्छे हुनुको तात्पर्यलाई अझ चेतनशील हुनुको सार्थकतासिद्ध गर्न एक न एक घुमाउरा उपायहरू अवलम्बन गर्दै लेखनयात्रासँग अगाडि बढेको पाइन्छ भने अर्कोतिर पलायनोन्मुख समाजको मनस्थितिलाई धैर्यधारणको आस्वस्थ उपहार पनि प्रदान गरिरहेको देख्न सकिन्छ ।
यस माहोलमा भाषा र भावलाई अन्यका अनुपातमा परिष्कृत किसिमले खेलाउनसक्ने व्यक्ति भानुभक्त आचार्य नै देखा परेकाले आदिकविको सम्मानबाट सम्मानित हुन पनि सफल भएका हुन् भन्दा फरक पर्दैन । यसरी यी अप्ठेरा अवस्थामा समेत साहित्यले आफूलाई सफलताका साथ अगाडि बढाएको छ । यी कुरा केही समर्पित समालोचक र समर्पित स्रष्टाबाहेक कसैलाई थाहा छैन अहिले मै हुँ भनेर स्वघोषित रूपमा अग्लो ठान्नेलाई समेत । कारण स्पष्ट छ अहिले देखापरेको सर्जक भेडाभिड कुनै अर्थमा पनि गुणात्मक नभएर क्षणिक तालीको स्वार्थमा उचालिएको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर