सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका-२ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको नयाँ आधुनिक भवन उद्घाटन गरिएको छ । नगर प्रमुख गोपाल पञ्जियारले एक समारोहका बीच भवन उद्घाटन गर्नुभएकाे हाे ।
कार्यक्रममा पूर्व संविधानसभा सदस्य रजना सरकार, स्थानीय जनप्रतिनिधि, सहकारीका सेयर सदस्य तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । उद्घाटन समारोहलाई झण्डा, बेलुन र सांस्कृतिक सजावटले आकर्षक बनाइएको थियो ।
सहकारीमा हाल १,२८८ जना सेयर सदस्य रहेका छन्, जसमा १,२११ जना महिला सदस्य छन् । संस्थाको कुल पूँजी ४६ करोड ५८ लाख रुपैयाँभन्दा बढी रहेको छ ।
नयाँ भवन निर्माणमा करिब २ करोड ६७ लाख रुपैयाँ खर्च भएको सहकारीका व्यवस्थापक नरेन्द्र कुमार चौधरीले जानकारी दिनुभयाे । यसमध्ये २० लाख रुपैयाँ हरिपुर नगरपालिकाले सहयोग गरेको हो भने बाँकी रकम सहकारीले आफैं व्यवस्थापन गरेको हो ।
भवन निर्माण समितिका संयोजक राजदेव चौधरीको नेतृत्वमा निर्माण कार्य सम्पन्न भएको हो । अन्य सदस्यहरूले पनि सक्रिय भूमिका निर्वाह गरेका थिए ।
नयाँ भवन सञ्चालनमा आएपछि सहकारीका सेवा अझ व्यवस्थित र प्रभावकारी हुने विश्वास गरिएको छ । अब कृषकहरूले ऋण, बचत, तालिम र कृषि सम्बन्धी परामर्श एउटै ठाउँबाट सहज रूपमा पाउनेछन् । संस्थाको लक्ष्य प्रतिको लागि पहिलो चरणमा १२ जान किसानलाई उद्यमी बनाईसकेको संस्थाका व्यवथापक नरेन्द्र कुमार चौधरीले जानकारी दिनुभयो ।
यसै अवसरमा हरिपुर-२ सानो जगतपुरमा पशु आहार (साइलेज) उत्पादन गर्ने उद्योगको पनि उद्घाटन गरिएको छ । करिब ८० लाख रुपैयाँ लागतमा बनेको उक्त उद्योगमा ७० प्रतिशत वान तथा सहज कायक्रमा अनुदान र ३० प्रतिशत सहकारीको लगानी रहेको हो ।
उद्योग सञ्चालनमा आएपछि किसानलाई सस्तो र गुणस्तरीय पशु आहार उपलब्ध हुने, दूध उत्पादनको लागत घट्ने र उत्पादन बढ्ने अपेक्षा गरिएको छ । साथै, मकैको घाँस खेर जाने समस्या पनि कम हुने सहकारीले अनुमान गरिएको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर