काठमाडौं । गर्मी बढेसँगै बजारमा पाइने रसिलो खरबुजा धेरैको रोजाइमा पर्छ । शरीरलाई चिसो राख्ने र पानीको कमी पूरा गर्ने यो फल जत्तिकै यसको बियाँ पनि उपयोगी हुन्छ भन्ने कुरा भने धेरैलाई थाहा हुँदैन । प्रायः मानिसले कालो बियाँ फाल्ने बानी राख्छन्, तर यिनै साना दानाभित्र स्वास्थ्यका ठूला फाइदा लुकेका छन् ।
विशेषज्ञहरूका अनुसार खरबुजाको बियाँ पोषक तत्त्वले भरिपूर्ण हुन्छ । यसमा पाइने फाइबरले पाचन प्रणालीलाई सुदृढ बनाउँछ । कब्जियतको समस्या भएकाहरूले सुकाएर पिसेको बियाँ मनतातो पानीसँग सेवन गर्दा पेट सफा राख्न सहयोग पुग्छ ।
त्यस्तै, मधुमेह नियन्त्रणमा पनि यी बियाँ उपयोगी मानिन्छन् । म्याग्नेसियमले रगतमा चिनीको मात्रा सन्तुलनमा राख्न मद्दत गर्छ । उमालेर बनाइएको बियाँको चिया नियमित पिउँदा इन्सुलिन संवेदनशीलता सुधार हुन सक्छ ।
मुटुको स्वास्थ्यका लागि पनि खरबुजाको बियाँ फाइदाजनक हुन्छ । यसमा रहेको स्वस्थ बोसो र पोषक तत्त्वले कोलेस्ट्रोल नियन्त्रण गर्न मद्दत गर्दै हृदयघातको जोखिम घटाउँछ ।
छाला र कपालका लागि त झन् यी बियाँ वरदानसरह छन् । जिंक, आइरन र प्रोटिनले कपाललाई बलियो बनाउनुका साथै छालालाई चम्किलो राख्न सहयोग गर्छ । बजारमा पाइने यसको तेललाई सौन्दर्य हेरचाहमा पनि प्रयोग गर्न सकिन्छ ।
रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि खरबुजाको बियाँ प्रभावकारी मानिन्छ । धुने, सुकाउने र भुटेर खान सकिने यी बियाँले शरीरलाई विभिन्न संक्रमणबाट जोगाउन मद्दत गर्छ ।
यसका अतिरिक्त, बियाँलाई स्मूदी, सलाद वा दूधमा मिसाएर सेवन गर्न सकिन्छ । यसरी हेर्दा, हामीले बेकार ठानेर फाल्ने खरबुजाको बियाँ वास्तवमा स्वास्थ्यका लागि निकै उपयोगी खजाना नै रहेछ ।



बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि