काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २६.१६ अंकले घटेर २,७७०.२६ बिन्दुमा कायम भएको छ ।
आज ३४९ कम्पनीका एक करोड ४० लाख १३ हजार १६७ कित्ता शेयर एक लाख ५१ हजार २८६ पटक खरिदबिक्री हुँदा कुल रु ६ अर्ब ५२ करोड ८० लाख ७७ हजार ९७६ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा अन्य समूह ०.७३ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहका उपसूचक घटेका छन् ।
बैंकिङ ०.८४, विकास बैंक १.२२, वित्त ०.६१, होटल तथा पर्यटन २.५६, जलविद्युत् १.७४, लगानी ०.४७ तथा जीवन बीमा समूह ०.१६ प्रतिशतले घटेका छन् ।
त्यस्तै उत्पादन तथा प्रशोधन २.४६, लघुवित्त ०.४४, म्युचुअल फन्ड ०.३१, निर्जीवन बीमा ०.३९ तथा व्यापार समूह ०.३९ प्रतिशतले ओरालो लागेका छन् ।
आज हिमालयन बैंक लिमिटेड बण्ड २०८६ को शेयर मूल्य सबैभन्दा धेरै ६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड रहेको छ, जसको शेयर मूल्य १४.९९ प्रतिशतले घटेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि