काठमाडौं । मन्दीबीच पनि वाणिज्य बैंकहरूको नाफा बढ्दोक्रममा रहेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास अर्थात् साउनदेखि चैतसम्ममा वाणिज्य बैंकहरूको नाफा १९ प्रतिशतले बढेको हो । तर, बैंकहरूले निष्क्रिय कर्जाका लागि राख्नुपर्ने प्रावधान रकम घटेपछि नाफा बढेको बताइएको छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार सो अवधिमा नाफा बढेर ४९ अर्ब १२ करोड रुपैयाँ पुगेको हो ।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकको नाफा बढेर ४९ अर्ब १२ करोड रुपैयाँ पुगेको हो । गत आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा यस्तो नाफा ४१ अर्ब १७ करोडमात्रै थियो ।
गत आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा यस्तो नाफा ४१ अर्ब १७ करोडमात्रै थियो । तर, सञ्चालनमा रहेका छवटा वाणिज्य बैंकको नाफा चारदेखि ५५ प्रतिशतसम्म घटेको छ । नाफा घट्नेमा प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा, कृषि विकास, एनआइसी एसिया, ग्लोबल आइएमई र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन् भने प्रभु बैंकको नाफा सबैभन्दा धेरै ५५ प्रतिशतले घटेको छ । तर, कुमारी बैंकको नाफा सबैभन्दा धेरै १४ गुणाले बढेर चार अर्ब १७ करोड पुगेको छ । नाफा रकमका आधारमा भने नबिल बैंक सबैभन्दा अगाडि देखिएको छ । उक्त बैंकको नाफा छ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ ।
नाफासँगै बैंकहरूको निष्क्रिय कर्जा पनि बढ्दोक्रममा रहेको छ । यसअघि बैंकहरूको निष्क्रिय कर्जा औसतमा ४.९८ प्रतिशत रहेकोमा अहिले बढेर ५.२५ प्रतिशतसम्म पुगेको छ । पाँच बैंकको त्यस्तो कर्जा सात प्रतिशतभन्दा माथि पुगेको छ । प्रभु, हिमालयन, एनआइसी एसिया, कुमारी र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कर्जा अनुपात सात प्रतिशतभन्दा माथि पुगेको हो । राष्ट्रिय वाणिज्य बैंकको खुद ब्याज आम्दानी सबैभन्दा धेरै २३ प्रतिशतले बढेर आठ अर्ब ७० करोड पुगेको छ ।
सिटिजन्स, नेपाल इन्भेष्टमेन्ट, एनआइसी एसिया, स्ट्याण्डर्ड चार्टर्ड र हिमालयन बैंकको खुद ब्याज आम्दानी भने घटेको छ । एनआइसी एसियाको खुद ब्याज आम्दानी सबैभन्दा धेरै २१ प्रतिशतभन्दा धेरैले घटेर छ अर्ब ३० करोडमा सीमित भएको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि