काठमाडौं । सानिमा बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताका लागि सहज र आकर्षक शून्य ब्याजमा इएमआई सुविधा प्रधान गर्ने उद्देश्यले फिन्तारा सोलुसन्ससँग सहकार्य गरेको छ ।
सहकार्यअन्तर्गत बैंकका ग्राहकले फिन्तारासँग आबद्ध मर्चेन्ट स्टोरहरूमा सानिमा बैंकको क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा अधिकतम १२ महिनासम्म शून्य प्रतिशत ब्याजमा इएमआई सुविधा उपयोग गर्न सक्ने बैंकले जनाएको छ ।
उक्त सुविधा इलेक्ट्रोनिक्स, मोबाइल सेट, ल्यापटप, फर्निचर, माउण्टेन बाइक, घरेलु उपकरण आदि खरिद गर्दा उपभोग गर्न सकिने बताइएको छ । उक्त पहलले उच्च मूल्यका सामग्री थप सहज र पहुँचयोग्य बनाउँदै ग्राहकलाई बिनाब्याज किस्ताबन्दीमार्फत् भुक्तानी गर्ने सुविधा प्रदान गर्ने लक्ष्य राखेको बैंकले जनाएको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि