काठमाडौं । गरिमा विकास बैंकका ग्राहकलाई ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र कान्तिपुर डेन्टल हस्पिटल (केडिसी) एण्ड रिसर्च सेन्टरका विभिन्न उपचार सेवामा आकर्षक छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतासँगै गरिमा विकास बैंकका ग्राहकले ओम हस्पिटलको उपचार सेवाअन्तर्गत सिटिस्क्यान, एक्सरेलगायत अन्य स्वास्थ्य सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
त्यसैगरी केडिसी कोबेड शुल्कमा १५ प्रतिशत तथा अन्य स्वास्थ्य सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने बताइएको छ । केडिसीले प्रदान गर्ने उक्त छुट काठमाडौंको बसुन्धारासहित सुन्दरबस्ती र सतुंगल, पोखरा, नारायणगढ र भरतपुर र बुटवलस्थित शाखाहरूबाट पनि प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
गरिमा विकास बैंकका ग्राहकले विकास बैंकको मोबाइल बैंकिङ र डेबिट/क्रेडिट कार्डबाट बिल भुक्तानी गर्दा उल्लेखित दुवै हस्पिटलबाट सहजै छुट प्राप्त गर्न सक्ने बताइएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि