रोल्पा । रोल्पामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार पुर्बी रुकुम बाट रोल्पाको थवाङको जलजला धार्मिक स्थल तर्फ जादै गरेको यात्रु बहाक जिप बिहिवार दिउँसो करिब २:५० बजेको समयमा रोल्पाको थवाङ गाउँपालिका वडा नं.१ सल्याप स्थित कच्चि सडकखण्डमा दुर्घटना हुँदा १७ जना यात्रुहरुको मृत्यु भएको हाे ।
दुर्घटनामा अन्य यात्रुहरुको खोजी कार्य जारी रहेको र मृतकहरुको सनाखत हुन बाकी रहेको प्रहरीले बताएको छ । जिप बाटो देखि करिब ८०० मिटर तल खस्न गई दुर्घटना भएको बताइएको छ ।
सबै यात्रुहरु रोल्पाको थवाङ स्थित प्रसिद्ध धार्मिक स्थल जलजला मन्दिरमा पुजा गर्न जान लागेको बताइएको छ। घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…