तपाई बिहानको चिया खाइरहनु भएको छ र मोबाइलमा फेसबुक स्क्रोल गर्दै हुनुहुन्छ। स्क्रोल गर्दा विभिन्न पोस्टहरू,तस्बिरहरु, भिडियो, लेखहरु देख्नुनुभयो र पढ्नुभयो पनि। अचानक,चम्किला तस्बिरहरु र राम्रा प्रतिक्रियाहरुले भरिएका आकर्षक विज्ञापनहरुले तपाईको ध्यान खिच्छ । केही दिनमै कपाल झर्न रोक्ने तेल, चमत्कारी रूपमा शरीरको तौल घटाउने चिया, छालाको समस्या समाधान गर्ने क्रिम, फिटनेस उपकरण , ग्याजेट र इलेक्ट्रोनिक्स - यी सबै सामग्रीहरु आकर्षक र प्रभावकारी रुपमा यसरी प्रस्तुत गरिएका हुन्छन् कि तपाईको मनमा तुरुन्त किनि हालौ भन्ने इच्छा जाग्छ। यी मध्ये कतिपय सामाग्रीहरू तपाईले अवश्य नै प्रयोग गरेको हुनुपर्छ अथवा भबिष्यमा एकपटक प्रयोग गर्ने योजनामा हुनुहुन्छ ।
विशेषगरी, अनलाइन सामाग्रीको विज्ञापन गर्न बजारका लागि सामाजिक सञ्जालले अत्यन्त शक्तिशाली माध्यमको रुपमा काम गरिरहेको छ। अहिले मानिसलाई केही कुरा विश्वास गर्न कत्ति पनि समय लाग्दैन ।मानिसले एकले अर्काको विश्वास नगर्लान तर सामाजिक सञ्जालका समाग्री, इन्टरनेटले दिएको सूचनाको सजिलै विश्वास गर्छन् । कम लागत, व्यापक पहुँच, सहजता, ग्राहक र व्यापारीबीच अन्तरक्रिया,मार्केटिंग आदि फाइदाहरूका कारण नै अनलाइन बजार फस्टाउदो बिजनेस प्लेटफर्म बनेको छ । तर यस्ता सामानहरू किन्नु अघि धेरै कुराहरूमा विचार पुर्याउनुपर्छ ।
उत्पादन गर्ने वा बेच्ने कम्पनीको आधिकारिक वेबसाइट (होमपेज) र सोसल मिडिया पृष्ठहरू जाँच गर्नुपर्छ। झुटा जनकारीहरु पहिचान गर्ने सबैभन्दा प्रभावकारी तरिकाहरू मध्ये एक भनेको स्रोतको प्रमाणिकरण गर्नु हो। किनभने धेरै पटक व्यापारीहरूले प्रसिद्ध कम्पनी र संगठनको वेबसाइट वा वेब पृष्ठहरूको नक्कल गरेर सामान बेच्ने वा झुटा समाचार फैलाउँछन्। यसका साथै उत्पादनमा प्रयोग भएका सामाग्रीको सूची ध्यानपूर्ण पढ्नुपर्छ र प्रमाणित र विश्वासनीय स्रोतबाट मात्र किनमेल गर्नुपर्छ ।
अरू ग्राहकहरुका समिक्षा र प्रतिक्रियाहरूले पनि त्यसबारे बुझ्न मद्दत गर्दछ । नक्कली समीक्षाहरूबारे सचेत रहनुपर्छ । सामान किन्नु अघि विभिन्न स्रोतबाट मूल्य र गुणस्तरको तुलना गर्नु उतिकै आवश्यक हुन्छ। साथै, कर, डेलिभरी शुल्क, बीमा आदि जस्ता खर्चहरूबारे पनि बुझ्नुपर्छ। कम्पनीबाट किनेका सामानहरु फिर्ता गर्ने नीतिहरु स्पष्ट रूपमा बुझन र सामान प्राप्त भएपछि मात्र पूर्ण भुक्तानी गर्नुपर्छ । साथै विज्ञापनमा देखाइएका दाबीहरू जस्तै सीमित समयको प्रस्ताव जस्ता भ्रामक कुराहरुको यर्थाथता विश्लेषण गर्नु आवश्यक छ किनभने अत्याधिक आकर्षक दाबीहरू प्राय झुटा हुन सक्छन् ।
अन्त्यमा, अनावश्यक रूपमा अनलाइन किनमेल नगर्नुहोस्। यदि किन्नु परेमा यस्ता ससाना कुराहरूमा ध्यानविचार पुराएर मात्र अनलाइन समाग्री किन्दा समय, स्वास्थ्य, पैसा आदि सबै कुराको बचत हुन्छ । त्यसैले यी सावधानी अपनाएर अनलाइन किनमेल गर्दा तपाई ठगी र धोकाबाट बच्दै अनलाइनबाट गर्न सकिने किनमेलको फाइदा उठाउन सक्नुहुन्छ ।
यो सामाग्री हाम्रा पाठकले पोस्ट गर्नु भएको हो । यसमा हामीले शुद्धाशुद्धी तथा भाषागत त्रुटीलाई हेरेका छैनौं । यसबाट पर्न गएको असुविधाप्रति क्षमा गर्नुहोला । – सम्पादक







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र