काठमाडाैं । बुद्ध जयन्तीकै दिन काठमाडौंको बल्खुस्थित साङ्गे छोइलिङ्ग गुम्बा र सोही सुकुम्बासी बस्तीभित्र रहेको पाथीभरा देबीको मन्दिर डोजर लगाएर भत्काइएको छ ।

२०७८ साल कात्तिक १३ गते दर्ता भएको साङ्गे छोइलिङ्ग गुम्बा वैशाख १८ गते शुक्रबार, वैशाख शुक्ल पूर्णिमाका दिन भत्काइएको हो । कम्तीमा बुद्ध जयन्तीका दिन नभत्काउनु भनेर आग्रह गर्दा पनि भत्काइएको स्थानीयले जनाएका छन् ।

सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने क्रममा गुम्बा र मन्दिर दुवै भत्काइएको हो । काठमाडौं महानगरपालिकाले डोजर चलाउनुअघि त्यहाँ रहेका बुद्धमूर्ति तथा अन्य महत्वपूर्ण सामग्री बाहिर निकालिएको थियो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि