काठमाडौँ । काठमाडौँ महानगरपालिका र संघीय सरकारको संयुक्त पहलमा धोबीखोला करिडोर आसपासका अतिक्रमित सरकारी जग्गामा निर्माण गरिएका अनधिकृत संरचनाहरू हटाउने कार्य तीव्र रूपमा जारी रहेको छ। सरकारी सम्पत्ति संरक्षण गर्ने अभियानअन्तर्गत शनिबार पनि डोजर परिचालन गरी विभिन्न घरटहरा भत्काइएको छ।
करिडोर क्षेत्रमा वर्षौंदेखि अतिक्रमण गरी बनाइएका अस्थायी तथा स्थायी संरचनाहरू हटाउने क्रममा स्थानीय बासिन्दा त्रसित देखिएका छन् भने कतिपयले वैकल्पिक व्यवस्थाको मागसमेत गरेका छन्। डोजर चल्नुअघि सूचना जारी गरिए पनि धेरैले समयमै संरचना खाली नगरेपछि बलपूर्वक हटाउने कार्य गरिएको महानगरले जनाएको छ।
यसैबीच, ड्रोनबाट कैद गरिएका दृश्यहरूले धोबीखोला करिडोर क्षेत्रको वास्तविक अवस्था प्रस्ट देखाएका छन्। घना बस्तीका रूपमा विकसित भएका अतिक्रमित संरचनाहरू डोजरमार्फत भत्काइँदा ठूलो क्षेत्र खाली भएको देखिन्छ। ती दृश्यहरूमा नदी किनार अतिक्रमणको व्यापकता र हटाउने अभियानको प्रभाव स्पष्ट रूपमा देख्न सकिन्छ।
सरकारले नदी करिडोर क्षेत्रलाई व्यवस्थित, हरित तथा जोखिममुक्त बनाउने लक्ष्य लिएको बताउँदै आगामी दिनमा पनि यस्ता अतिक्रमण हटाउने अभियानलाई निरन्तरता दिने जनाएको छ। साथै, दीर्घकालीन समाधानका लागि सुकुम्बासी व्यवस्थापन र पुनर्वासको विषयमा पनि छलफल भइरहेको अधिकारीहरूको भनाइ छ।
स्थानीयवासीले भने मानविय संवेदनशीलता ध्यानमा राखी पुनर्वासको सुनिश्चितता गर्नुपर्ने माग गरेका छन्।















बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि