काठमाडौं । मीना लामा र खेम सेञ्चुरीको स्वरमा रहेको गीत ‘भाका सारेर’ सार्वजनिक भएको छ । नेत्र अर्यालको शब्द रचना र नन्दु परयिारको संगीत रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो । उक्त गीतको भिडियो मीना लामाकै आधकिारकि युट्युब च्यानलमार्फत सार्वजनकि गरिएको छ । धादिङ जिल्लाको गल्छी गाउँपालिका-७ मा बुबा रामचन्द्र तामाङ र आमा कान्छीमायाँ तामाङको कोखबाट माइली छोरीको रूपमा जन्मिनुभएकी मीनाले हालसम्म झण्डै पाँच-छ हजारभन्दा बढी सांगीतिक गीतहरूमा आफ्नो आवाज भरी सक्नुभएको छ ।
गायिका लामा हङ्कङ, कोरिया, युके जापानलगायत दुई दर्जनभन्दा बढी देशहरूमा पुगेर आफ्नो प्रत्यक्ष सांगीतिक प्रस्तुति दिइसक्नु भएको छ । उहाँ स्वदेशमा नै आफू सम्मानित रहेको भन्दै परदेशीको आग्रहलाई स्वीकारे मात्र केही दिनका लागि विदेश गएको बताउनुहुन्छ । कलाकारिता पेशाबाटै सफल गायिका हुन पाएकोमा आफू अन्दित रहेको बताउनुहुन्छ । विशेषतः गायिका मिनालाई नेपाली गीतसंगीत क्षेत्रमा ‘दोहोरीकी रानी’समेत भन्ने गरिन्छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि