काठमाडौं । नबिल बैंकले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुम सुरुवात गरेको छ । बैंकका अध्यक्ष निर्वाण चौधरी तथा प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीको उपस्थितिमा सञ्चालक समितिका सदस्य सरिता भट्ट अधिकारीले नर्सिङ रुमको उद्घाटन गर्नुभएको हो ।
बैंकले बैंकमा कार्यरत कर्मचारी आमाहरूलाई स्तनपान गराउन सहज बनाउने उद्देश्यले नर्सिङ रुम स्थापना गरिएको बैंकले जनाएको छ । नर्सिङ रुमले कर्मचारीलाई कार्यालय समयमा मर्यादित, आरामदायी र सुरक्षित रूपमा स्तनपान गराउने वातावरण बनाउने बैंकले विश्वास लिएको छ ।
कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्यहरू अनन्त पौड्याल, प्रवीन टिबडेवाला र अनिलकेशरी शाहलगायत नायब प्रमुख कार्यकारी अधिकृतद्वय आदर्श बजगाईं र भूपेन्द्र पाण्डेलगायतको उपस्थिति रहेको थियो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि