काठमाडौं । नेपाल बैंक र राष्ट्रिय बीमा कम्पनीबीच कर्जा कारोबारका लागि सम्झौता भएको छ । सम्झौताअनुसार राष्ट्रिय बीमा कम्पनीका स्थायी कर्मचारीले नेपाल बैंकको काठमाडौं बैंकिङ अफिस शाखामार्फत् व्यक्तिगत आवश्यकताका लागि अधिकतम १५ लाख रुपैयाँसम्म बिनाधितो सेवाग्राही कर्जा लिन सक्नेछन् ।
उक्त सहकार्यबाट कर्मचारीहरूले एकै थलोबाट वित्तीय आवश्यकता पूरा गर्न सक्ने, समय बचत हुने तथा दुवै संस्थाबीचको संस्थागत सम्बन्ध अझ सुदृढ हुने अपेक्षा गरिएको छ ।
नेपाल बैंकको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा नेपाल बैंकका रिटेल कर्जा प्रमुख अर्जुनबहादुर कँडेल र राष्ट्रिय बीमा कम्पनीका मुख्य व्यवस्थापक डा. सिर्जना पन्तले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि