बुटवल । मोतिपुर क्षेत्रमा सुकुम्बासी बस्ती हटाउने तयारीविरुद्ध स्थानीय बासिन्दा सडकमा उत्रिएका छन्।
मोतिपुर औद्योगिक क्षेत्रको जग्गा खाली गराउन सरकारी निर्देशन आएपछि प्रभावित बासिन्दामा आक्रोश चुलिएको हो। डोजर प्रयोग गरेर बस्ती हटाउने तयारी भइरहँदा पुनर्वासको स्पष्ट योजना सार्वजनिक नगरिएको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन्।
प्रदर्शनका क्रममा सहभागीहरूले “डोजर आतंक बन्द गर”, “सुकुम्बासी हुनु रहर होइन, बाध्यता हो” र “सामाजिक सञ्जाल स्टाटस बन्द गर, सुकुम्बासी समस्या समाधान गर” जस्ता नारा लगाएका थिए। उनीहरूले उचित पुनर्वासको व्यवस्था नगरी बस्ती हटाउनु अन्यायपूर्ण हुने बताएका छन्।
स्थानीयका अनुसार वर्षौँदेखि बसोबास गर्दै आएका नागरिकलाई वैकल्पिक व्यवस्था नगरी विस्थापित गर्न खोजिएको भन्दै आन्दोलनलाई थप सशक्त बनाइने चेतावनी दिएका छन्।






तस्बिर: प्रदीप आचार्य / नेपाल फोटो लाइब्रेरी




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि