काठमाडौं । भीम विसीको शब्द रचना तथा संगीत रहेको गीत ‘मुटुको दायाँ र बायाँ’ सार्वजनिक गरिएको छ । मेलिना राई र गुरु परशुराम रेग्मीको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
विश्व अधिकारीको संगीत संयोजन, कुमार रानाको मिक्सिङ तथा मास्टरिङ रहेको उक्त गीतले प्रेमभाव र भावनात्मक कथालाई समेटेको छ । गीतको संगीत पक्षलाई आधुनिक शैलीमा प्रस्तुत गरिएको छ भने स्वर संयोजनले गीतलाई थप आकर्षक बनाएको छ ।
गीतको भिडियो विक्रम चौहानको निर्देशन तथा कोरियोग्राफीमा तयार गरिएको हो । भिडियोमा सञ्चिता बोलाखे, कृष बम र परशुराम रेग्मीलाई मुख्य रूपमा फिचरिङ गरिएको छ, जसमा उनीहरूको अभिनय र नृत्यले कथालाई जीवन्त बनाएको देखिन्छ ।
महेश महरा र टिमले छायांकन गरेको भिडियोमा दृश्य सम्पादन लक्ष्मण चौहानले गर्नुभएको हो । भिडियोको दृश्यात्मक प्रस्तुति आकर्षक र स्तरीय देखिन्छ, जसले गीतको भावलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ । उक्त गीतको भिडियो ‘बिरासत म्युजिक’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि