काठमाडौं । नेपाल जेसिजको ‘चेम्बर अफ कमर्स पार्टनरसिप कमिसन’ को आयोजनामा भएको कार्यक्रममा कृषि, पर्यटन र युवा उद्यमशीलताबारे छलफल भएको छ । नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रका बोर्ड सदस्य प्रह्लाद दाहालले नेपालको रैथाने कृषि र दुग्ध क्षेत्रमा प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै युवालाई सो क्षेत्रमा अवसर खोज्न आग्रह गर्नुभयो । ‘गाउँघर चौतारी’ जस्ता अवधारणाले अर्थतन्त्रको आधार बलियो बनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो ।
पूर्व राजदूत भागिरथ बस्नेतले अन्तर्राष्ट्रियस्तरको नेतृत्व विकास गर्दै स्वदेशमै अवसर सिर्जना गर्न युवालाई प्रेरित गर्नुभयो । लाखेचौर टोल सुधार समितिका सचिव रामहरि धिताल, रेन्ट एइआओ व्रेनका प्रमुख कार्यकारी अधिकृत नवीन क्षेत्री तथा नेपाल जेसिज (२०२६) का राष्ट्रिय तालिम आयोग सचिव जेसी प्रवेश मल्लले प्रविधि, सामाजिक उत्तरदायित्व र उद्यमशीलताका विविध पक्षबारे चर्चा गर्नुभएको थियो ।
२५ वर्षमुनिका युवाहरू र अनुभवी विज्ञबीचको अन्तरक्रियाले स्वदेशमै उद्यमशीलताको सम्भावना विस्तार गर्ने विश्वास व्यक्त गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा ‘कृषि, पर्यटन र साझेदारीमार्फत् भविष्य निर्माण’ भन्ने अवधारणामा जोड दिइएको थियो । गाउँको मौलिकता झल्काउने बाँसका संरचना र रैथाने खानपानसहित सम्पन्न कार्यक्रमले सहभागीहरूमा उत्साह र ऊर्जा थपेको थियो ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि