झापा । भुटानी नेपालीभाषी समुदायको साहित्यिक प्रवर्द्धन र स्रष्टाहरूको सम्मानका उद्देश्यले ‘द लिटेरारी सोसाइटी अफ भुटान’द्वारा आयोजित पाँचौं वार्षिक साहित्यिक उत्सव शनिबार बेलडाँगीस्थित एलएसबी पुस्तकालयमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष तिलक राईको सभापतित्व तथा भुटानी नेता एवं लेखक बालाराम पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वार्षिक साहित्यिक पत्रिका ‘दियालो’को पाँचौं अंक सार्वजनिक गरिएको थियो । उद्घाटन सत्रमा साहित्यकार सुवित्रा वाङ्देल विशेष अतिथिका रूपमा सहभागी रहनुभएको थियो ।
कार्यक्रमको सुरुवात संस्थाका सचिव वीरेन्द्र मगरको स्वागत मन्तव्यबाट भएको थियो । उत्सवमा साहित्य, कला, मानवअधिकार र समाजसेवाका क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति थियो । शिविर सचिव सञ्चहाङ सुब्बा, हिमाली रोधी सांस्कृतिक परिवारका अध्यक्ष कुमार गुरुङ, एसक्यापका अध्यक्ष नरबहादुर गुरुङ र सचिव नरेश राईलगायत विशिष्ट अतिथिहरूको सहभागिता थियो ।
यसैगरी मानवअधिकारकर्मी डमलाप्रसाद अधिकारी, गायकहरू बलराम मगर र जंगबहादुर दर्जी, समाजसेवी तथा शिक्षक जेबी भट्टराई, रोहित महत, कविराज मगरलगायतको उपस्थिति थियो । कार्यक्रममा दमक, धरमपुर र कमल गाउँपालिका क्षेत्रबाट साहित्यकारहरूको बाक्लो सहभागिता रहेको थियो ।
उत्सवमा सार्वजनिक ‘दियालो’को पाँचौं अंकमा कथा, कविता, गजल र संस्मरण विधाका विविध रचनाहरू समावेश गरिएको छ । प्रधान सम्पादक तिलक राई रहेको उक्त पत्रिकामा दिल भूटानी, अविलाल राई, थिरू घिमिरे ‘विकल्प’, पवित्र सुब्बा, सर्मिला गुरुङ, पुलमाया गुरुङ, वैदिक अत्री, अशोक शर्मा, तिला लेकालीलगायतका स्रष्टाहरूका कृतिहरू समेटिएका छन् । पत्रिकाले विस्थापन, पहिचान र प्रवासी जीवनका अनुभवलाई साहित्यिक रूपमा अभिव्यक्त गरेको छ ।
कार्यक्रममा विभिन्न स्रष्टाहरूले कविता, कथा तथा गजल वाचन गरेका थिए । सर्मिला गुरुङ, देबु चापागाई, वैदिक अत्री, मुकुन्द लामिछाने र हर्कराज राईले आ–आफ्ना सिर्जना प्रस्तुत गर्नुभएको थियो । सांस्कृतिक कार्यक्रममा चोमु शेर्पा, जंगबहादुर दर्जी, दिवास गुरुङ, दीपशिखा, बुद्धीमाया राई, बलराम मगर र वीरेन विश्वाललगायत कलाकारहरूले गीत प्रस्तुत गर्नुभएको थियो ।
विशेष अतिथि सुवित्रा वाङ्देलले शिविरमा भइरहेको साहित्यिक गतिविधिले भाषा र पहिचान जोगाउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । प्रमुख अतिथि बालाराम पौडेलले भुटानी शरणार्थीहरूको इतिहास र संघर्ष स्मरण गर्दै सामूहिक एकता र पहिचान संरक्षणको आवश्यकता औंल्याउनुभयो ।
संस्थाले सन् २०२१ देखि निरन्तर रूपमा ‘दियालो’ प्रकाशन गर्दै आएको छ भने बेलडाँगी शिविरमा सन् २०२३ देखि सञ्चालनमा रहेको एलएसबी पुस्तकालय साहित्यिक गतिविधिको केन्द्र बन्दै आएको छ । पुस्तकालयलाई थप समृद्ध बनाउन पाठक तथा स्रष्टाहरूलाई पुस्तक सहयोग गर्न संस्थाले आग्रह गरेको जनाएको छ । कार्यक्रम सञ्चालन साहित्यकार अविलाल राईले गर्नुभएको थियो ।







ट्रम्प-किम सम्पर्क पुन: स्थापित भएको
बलात्कार आरोपमा डेन्टल सञ्चालक पक्राउ
बिहारको मन्दिरमा भागदौड मच्चिँदा ७
स्कुटर दुर्घटनामा युवकको मृत्यु
बेलायत निर्मित ड्रोन रुसी भूभागमा
मकवानपुरमा स्कारपियो दुर्घटना : मुख्य