काठमाडौं । यस वर्षको ‘बी डी त्यागी प्रतिभा सम्मान’बाट साहित्यकार तथा सञ्चारकर्मी प्रदीप सापकोटा सम्मानित हुनुभएको छ । काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमबीच उहाँलाई उक्त सम्मान प्रदान गरिएको हो । साहित्यकार बी डी त्यागीको स्मृतिमा स्थापित उक्त सम्मान उहाँकै स्मृति दिवसको अवसर पारेर प्रदान गरिएको हो । कार्यक्रममा बी डी त्यागी स्मृति केन्द्रकी संरक्षक गौरी आचार्य, साहित्यकार बेदमणी घिमिरे, उपन्यास समाजका अध्यक्ष शंकर भारती तथा साहित्यकार बाजुराम पौडेललगायतले सापकोटालाई सम्मान समर्पण गर्नुभएको थियो ।
काभ्रेको पनौतीका स्रष्टा सापकोटाका ‘यात्राका इन्द्रेणी रंग’, ‘यात्राको लय’ र ‘मनको वारपार’लगायत कृतिहरू प्रकाशित छन् । निबन्ध, नियात्रा, समीक्षा, कविता, मुक्तक र लघुकथा जस्ता विभिन्न विधामा सक्रिय सापकोटा सुनकोशी वाङ्मय प्रतिष्ठानका महासचिवसमेत हुनुहुन्छ ।
उक्त अवसरमा केन्द्रले अन्य विभिन्न विधामा योगदान पुर्याउने व्यक्तित्वहरूलाई पनि सम्मान गरेको थियो । गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाललाई ‘नेपथ्य सम्मान’, साहित्यकार तथा ‘फित्कौली’का प्रधान सम्पादक नरनाथ लुइँटेललाई ‘बी डी त्यागी योगदान सम्मान’ तथा ललिता श्रेष्ठलाई ‘गौरीत्यागी स्रष्टा जीवन साथी सम्मान’ प्रदान गरिएको थियो । कार्यक्रममा वक्ताहरूले बी डी त्यागीको साहित्यिक योगदान स्मरण गर्दै उहाँको नाममा स्थापित सम्मानले स्रष्टाहरूलाई थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका थिए ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर