१.
नैतिक बाटो
शान्ति चुपचाप आयो
मन सम्पन्न ।
२.
सत्यको बल
धनभन्दा भारी
जीवन उज्यालो ।
३.
आचरण शुद्ध
चरित्र बने कवच
विजय निश्चित ।
४.
लोभ टुट्दा
सन्तोष जन्मिन्छ
सम्पन्नता त्यहीँ ।
५.
इमानदारी
मौन शक्ति बन्यो
जीवन उचाल्यो ।
६.
भित्री शान्ति
बाहिरी धन हार्यो
साँचो जित यही ।
७.
कर्तव्य बाटो
आत्माले देखायो
दिशा स्थिर ।
८.
स्वार्थ हट्दा
सम्बन्ध फुल्यो
मानवता जाग्यो ।
९.
न्यायको ज्योति
अन्धकार चिर्यो
समाज बलियो ।
१०.
धैर्य राख्दा
समयले झुक्यो
सफलता आयो ।
११.
चरित्र बल
संसार झुकाउँछ
मौन विजय ।
१२.
सुसंस्कार
जीवनको जरा
फल शान्ति ।
१३.
मन स्वच्छ
निर्णय उज्यालो
बाटो सरल ।
१४.
आत्मसम्मान
सबैभन्दा ठूलो धन
अडिग रह्यो ।
१५.
नैतिक जीवन
असली समृद्धि
अनन्त शान्ति ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि