पोखरा । पोखरामा सुकुम्बासीहरूले “डोजर आतंक बन्द गर” भन्ने नारासहित सडक प्रदर्शन गरेका छन्। काठमाडौंमा सुकुम्बासी बस्तीमाथि डोजर चल्न थालेपछि त्रसित बनेका उनीहरू आज आन्दोलनमा उत्रिएका हुन्।
पोखरा महानगरपालिका ले सरकारी तथा सार्वजनिक जग्गामा बनेका संरचना हटाउन ३५ दिनको अल्टिमेटम दिएपछि सुकुम्बासीहरू आन्दोलित बनेका हुन्। वैशाख ३ गते बसेको कार्यपालिका बैठकको निर्णयअनुसार महानगरले सूचना जारी गरेको थियो।
महानगरपालिका–९ स्थित बसपार्क क्षेत्रमा करिब ४७५ घरधुरी सुकुम्बासी बसोबास गर्दै आएका छन्। स्थानीयहरूले वैकल्पिक व्यवस्थाबिना आफूहरूलाई हटाउन नहुने अडान लिँदै उचित पुनर्वासपछि मात्र संरचना हटाउन माग गरेका छन्।
आन्दोलनका क्रममा सुकुम्बासीहरूले पृथ्वीचोकमा र्यालीसहित कोणसभा गरेका थिए। त्यसपछि उनीहरूले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्।











बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि