काठमाडौं । डिफेन्डिङ च्याम्पियन मनास्लु र बाल व्यवसायी केन्द्र मावि चौथो वडाध्यक्ष कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा सोमबार फाइनलमा प्रवेश गरेका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर ७ को आयोजनामा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा मनास्लुले हिलारी ‘बी’ लाई १-० गोलले पराजित गर्यो । संगम तामाङले निर्णायक गोल गर्नुभयो । मनास्लुका रोवेन तामाङ ‘म्यान अफ द म्याच’ घोषित हुनुभयो ।
चाबहिलस्थित चन्द्रविनायक पार्कको मैदानमा भएको अर्को सेमिफाइनलमा बाल व्यवसायीले पशुपति मित्र मावि ‘बी’ लाई १-० गोलले हरायो । ‘म्यान अफ द म्याच’ अर्जुन खडायतले निर्णायक गोल गर्नुभयो । फाइनल मंगलबार हुनेछ ।
सेभेन ए साइड स्वरूपको नकआउट प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । विधागत चार उत्कृष्ट खेलाडी जनही दुई हजार पाँच सय नगदबाट पुरस्कृत हुनेछन् ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि