काठमाडौं । यामाहा नेपालले बुढानीलकण्ठको गणेश चोकमा नयाँ थ्री एस शोरूम ‘व्हिलिश ग्यालोर’ सञचालनमा ल्याएको छ । यामाहाको उक्त १०३औँ शोरूम उद्घाटन बागमती प्रदेशका यातायात मन्त्री जयराम थापाले गर्नुभएको हो । सो अवसरमा बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, उपमेयर अनिता लामा तथा एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा सिइओ दीपककुमार अग्रवाललगायतको उपस्थिति थियो ।
कम्पनीका अनुसार शोरूममा बिक्री, सेवा र स्पेयर पार्ट्स एउटै छानामुनि उपलब्ध रहेको छ । जसले बुढानीलकण्ठ तथा आसपासका राइडरहरूलाई आवश्यक सबै सेवाहरू एउटै स्थानमा सहज रूपमा प्राप्त गर्न सहयोग गर्ने बताइएको छ । दक्ष जनशक्ति र आधुनिक पूर्वाधारसहित स्थापना गरिएको व्हिलिस ग्यालोर प्रालिले ग्राहकलाई हरेक पटक सहज र भरपर्दो सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।
उद्घाटन कार्यक्रममा दीपककुमार अग्रवालले भन्नुभयो, ‘बुढानीलकण्ठमा यो शोरूम सञ्चालन हुनाले यामाहाको अझ धेरै ग्राहकसम्म पुग्ने र गुणस्तरीय सेवा सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धता साकार बनाउन सहयोग गर्नेछ । प्रत्येक नयाँ आउटलेटले नेपालभर सशक्त र संगठित सञ्जाल निर्माणतर्फको हाम्रो प्रयास अगाडि बढाउँछ ।’ बुढानीलकण्ठको शोरूमले काठमाडौं उपत्यकामा यामाहा नेपालको विस्तार हुँदै गएको उपस्थिति थप मजबुत बनाउँदै स्थानीय राइडरलाई यामाहाका सम्पूर्ण मोटरसाइकल तथा स्कुटर लाइनअप, जेनुइन स्पेयर पार्ट्स र व्यावसायिक सेवामा सहज पहुँच प्रदान गर्ने बताइएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि