काठमाडौं । एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एण्ड साइन्सेसले सन् २०२७ को अस्कार अवार्ड्सका लागि अन्तर्राष्ट्रिय फिचर फिल्म श्रेणीको नियममा महत्त्वपूर्ण परिवर्तन गरेको छ । नयाँ व्यवस्थासँगै अब कुनै पनि फिल्मलाई आफ्नो देशबाट आधिकारिक रूपमा छनोट भएर पठाइनु अनिवार्य नहुने भएको छ ।
लगभग एक शताब्दी लामो इतिहासमा यसलाई सबैभन्दा महत्त्वपूर्ण परिवर्तनमध्ये एक मानिएको छ । नयाँ नियमानुसार अब कुनै चलचित्रले कान्स फिल्म फेष्टिबल, भेनिस फिल्म फेष्टिबल, टोरन्टो इन्टरनेशनल फिल्म फेष्टिबल, बर्लिन इन्टरनेशनल फिल्म फेष्टिबल, सनडान्स फिल्म फेष्टिबल वा बुसान इन्टरनेशनल फिल्म फेष्टिबलजस्ता प्रतिष्ठित महोत्सवहरूमा शीर्ष अवार्ड जितेमा सो चलचित्र सिधैं अस्कार प्रतिस्पर्धामा सहभागी हुन पाउनेछ ।
यसअघि अन्तर्राष्ट्रिय फिचर श्रेणीमा प्रतिस्पर्धा गर्न प्रत्येक देशले एकमात्र चलचित्र आधिकारिक रूपमा पठाउनुपर्ने व्यवस्था थियो । तर, नयाँ निर्णयसँगै एउटै देशबाट एकभन्दा बढी चलचित्रहरू प्रतिस्पर्धामा पुग्ने सम्भावना बढेको छ भने श्रेय पनि अब देशभन्दा बढी चलचित्रका निर्देशकलाई दिइनेछ ।
विगत केही वर्षदेखि छनोट प्रक्रियामाथि प्रश्न उठ्दै आएका थिए । सन् २०१३ मा इरफान खान अभिनित बलिउड चलचित्र ‘द लंच बा‘क्स’लाई लिएर विवाद भएको थियो । कान्समा प्रशंसा पाउँदा पनि उक्त चलचित्रलाई आधिकारिक एन्ट्री नदिई द गुड रोड पठाइएको थियो । त्यसबेला अनुराग कश्यपलगायतले यस निर्णयको आलोचना गर्नुभएको थियो । नयाँ नियमले अन्तर्राष्ट्रिय फिल्महरूलाई थप अवसर प्रदान गर्ने र विश्वव्यापी प्रतिस्पर्धालाई अझ खुला बनाउने अपेक्षा गरिएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि