काठमाडाैं । विवाहपछि धेरै युवतीहरूको तौल बढ्ने कुरा प्रायः देखिने साझा अनुभव जस्तै बनिसकेको छ। तर यो केवल अनुमान मात्र होइन, विभिन्न अनुसन्धानहरूले पनि यही प्रवृत्तिलाई पुष्टि गरेका छन् । फेमिली सिस्टम एण्ड हेल्थ जर्नल मा प्रकाशित एक अध्ययनले विवाहपछि महिला मात्र होइन, पुरुषहरूमा पनि तौल छिटो बढ्ने देखाएको छ। अर्को अध्ययनले त झन् रोचक तथ्य सार्वजनिक गर्छ । विवाह भएको पाँच वर्षभित्र करिब ८२ प्रतिशत जोडीको तौल ५ देखि १० किलोसम्म बढ्ने गर्छ।
अब प्रश्न उठ्छ—किन यस्तो हुन्छ?
सबैभन्दा पहिले, हर्मोनल परिवर्तनलाई मुख्य कारण मानिन्छ। विवाहपछि शरीरमा हुने जैविक परिवर्तनहरूले विशेषगरी महिलाको शरीरमा बोसो सञ्चय हुने प्रक्रियालाई प्रभावित पार्छ। यससँगै दैनिक जीवनको तालिका पनि फेरिन्छ।
विवाहअघि जस्तो फुर्सदिलो समय हुँदैन, जिम्मेवारी बढ्छ, जसले गर्दा पर्याप्त निन्द्रा लिन गाह्रो हुन्छ। निन्द्राको कमीले शरीरको मेटाबोलिजम बिगार्छ र तौल बढ्ने सम्भावना बढाउँछ।
त्यसैगरी, मानसिक पक्ष पनि उत्तिकै महत्वपूर्ण हुन्छ। नयाँ परिवेश, नयाँ सम्बन्ध, र जिम्मेवारीले सुरुका दिनमा तनाव उत्पन्न गर्न सक्छ। यस्तो अवस्थामा शरीरमा भोक बढाउने हर्मोन सक्रिय हुन्छ, जसले खानपानको मात्रा बढाउँछ र अन्ततः तौलमा असर पार्छ।
अर्कोतर्फ, सोच र प्राथमिकतामा पनि परिवर्तन आउँछ। विवाहअघि मानिसहरू आफ्नो फिटनेस र आकर्षक देखिने कुरामा बढी सचेत हुन्छन्। तर विवाहपछि जीवनशैली बदलिन्छ, र डाइट तथा व्यायामप्रति चासो कम हुन सक्छ। यही बानीले बिस्तारै तौल बढाउँछ।
अन्ततः, उमेर पनि एउटा महत्वपूर्ण पक्ष हो। आजकाल धेरैजसो मानिस २८–३० वर्षपछि विवाह गर्ने भएकाले, त्यस समयमा शरीरको मेटाबोलिजम दर स्वाभाविक रूपमा घट्दै जान्छ। यसले पनि तौल नियन्त्रण गर्न गाह्रो बनाउँछ।
यसरी हेर्दा, विवाहपछि तौल बढ्नु कुनै एक कारणले मात्र होइन, शारीरिक, मानसिक र जीवनशैलीसँग सम्बन्धित धेरै कारणहरूको संयोजन हो।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि